उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी नियूक्त, चिकित्सा शिक्षा आयोग

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बन्न सफल भएका हुन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएका थिए । जसमा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम सूचीमा परेका थिए । उनीहरुमध्ये सरकारले गिरीलाई छनोट गरेको हो ।

                    


प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का पूर्व रजिष्ट्रार हुन् । उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन् ।

 त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रुपमा पनि रहेका छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।


आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यावस्था हुन्छ । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । उपाध्यक्षको पदावधि बढिमा चार वर्षको हुनेछ । 


आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह को मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal