A Levels MA

कोहलपुर तनावग्रस्त

बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत १२ वर्षीय छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न अवस्थालाई आजका पत्रपत्रिकाले मुख्य समाचारका रुपमा छापेका छन् । कान्तिपुर दैनिकले सोमबार कोहलपुरका शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए पुनः कफ्र्यु भन्ने समाचार शीर्षकमा समाचार छापेको छ । मधु शाहीद्वारा लिखित समाचारमा कोहलपुरका विद्यालयहरूले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको र प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत, नेश्नल प्याब्सनका अध्यक्ष बेगप्रकाश चन्द, क्रिसा बाँकेका अध्यक्ष शिवप्रसाद डांगीले संयुक्त विज्ञप्ती जारी गर्दै शैक्षिक संस्था बन्द गरेको समाचार लेखेका छन् । घाइते विद्यार्थीको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायलाई उद्धृत गर्दै दुर्घटनापछि आइतबार कोहलपुर अशान्त भएको हुँदा कफ्र्यु लगाउनु परेको लेखेका छन् । सोही समाचारमा शाही लेख्छन् आइतबार विद्यार्थी र प्रहरीबीच भएको झडपमा ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कफ्यु लगाएको र निशेधित क्षेत्रमा प्रवेश गरे आज पनि कफ्यु जारी गरिने समाचार छापेको छ । कान्तिपुरमै सडकमै छुटे जुत्ता शीर्षकको अर्को समाचार छापिएको छ । उक्त समाचारमा दुर्घटना स्थलमा प्रकृतिलाई ट्रकले किचेपछि परसम्म घिसारेको उल्लेख छ ।

त्यस्तै नयाँ पत्रिकाले प्रहरीले चलायो सय राउण्ड गोली शीर्षकमा समाचार छापेको छ । समाचारमा दुर्घटनापछि तनाव ग्रस्त क्षेत्रलाई नियन्त्रणमा लिने उद्देश्यले प्रहरीले कोहलपुरमा करिब सय राउण्ड गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ ।

बाबुले चलाएको भे.६ प २७४० नम्बरको स्कुटरमा बसेर स्कुलबाहिरसम्म पुगेकी बालिकालाई ना.२ ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबुछोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भएको उल्लेख गरेको छ ।

विद्यार्थी अभिभावकले ठक्कर दिने ट्रकमा आगजनी गरेको र प्रशासनले दमनकारी नीति लिई विद्यलय परिसरबाटै दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गरेपछि स्थिति थप तनाव ग्रस्त भएको हो । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेपछि आन्दोलनरत पक्ष थप भड्किइ तोडफोड भएको हो । आन्दोलनरत पक्षले स्कुल बससहित १३ सवारीसाधन तोडफोड गर्नुका साथै दुवैतर्फबाट ढुंगा हानाहान भयो । आन्दोलित भिडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गरेको छ ।

नारायण खत्रीको अण्डकोषमा तथा महेश आचार्य, श्रीकान्त शर्मा र सिर्जन चन्दको तिघ्रामा रबरको गोली लागेको छ । उनीहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कोहलपुर इलाका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीसहित २० भन्दा बढी प्रहरी घाइते भएका भएको समाचार नयाँपत्रिकाले छापेको छ ।  त्यस्तै नेपाल समाचारपत्रले एकाएक रणभूमि बन्यो कोहलपुर शीर्षकमा  कोहलपुर दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाचार बनाएको छ ।

Thuprai - Books and E-books