After SEE Portal

कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिक

Bridge Course

आर्थिक वर्ष २०७६-७७ मा अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा कार्यान्वयन गरिएको बताउँदै दरबन्दी मिलानका क्रममा शिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्था गरिएको

कोहलपुर नगरपालिकाकाले आफ्ना शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिक गरेको छ । नगरपालिकाले आज एक पत्रकार सम्मेलन गरी आफ्ना भावी योजनाहरु सार्वजनिक गरेको हो ।

सो सम्मेलनमा कोहलपुरलाई साक्षर नगरपालिका घोषणा, शिक्षक दरबन्दी मिलान,सबै विद्यालयहरुमा कम्प्युटर र वाइफाइ सुविधा,श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब भत्ता दिने प्रावधान जस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नगर शिक्षा प्रमुम अनन्त कुमार पौड्यालले जानकारी दिए । 

प्रमुख पौड्यालले आर्थिक वर्ष २०७६-७७ मा अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा कार्यान्वयन गरिएको बताउँदै दरबन्दी मिलानका क्रममा शिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्था गरिएको जानकारी दिए 

विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान, सबै विद्यालयमा कम्तीमा एक जना न्यूनतम शैक्षिक योग्यता प्राप्त स्थायी शिक्षक, विषयगत दरबन्दीको अनमेल सम्बन्धी समस्याहरु कम भएका सम्मेलनमा पौड्यालले जानकारी दिए ।

योग्यता प्राप्त र क्षमतावान् शिक्षकलाई विद्यालयमा नेतृत्व सम्हाल्ने अवसर, सबै विद्यालयहरुमा कम्प्युटर र इन्टरनेटको व्यवस्था निश्चित , विद्यालयको लेखापरीक्षण र सामाजिक लेखा परीक्षणलाई नियमित गरिएको तथा शैक्षिक गतिविधिहरु पारदर्शी भएको सम्मेलन पश्चात वितरण गरिएको विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

सामुदायिक-संस्थागत वा संस्थागत-संस्थागत विद्यालय समायोजन (मर्ज) गर्दै जाने, ठुला स्कुल र साना आकर्षक विद्यालय निर्माणको योजना गर्ने, विद्यालयहरुमा कोहलपुर नगरपालिकाको वस्तुगत विवरणयुक्त स्थानीय विषय पठनपाठन गराउन पाठ्यपुस्तक निर्माण गर्ने लगायतका भावी रणनीति तय गरेको छ ।

विज्ञप्ति

कोहलपुर नगरपालिकाका शैक्षिक उपलब्धि र भावी योजनाहरु

पत्रकार सम्मेलनका लागि तयार गरिएको विज्ञप्ति

मिति २०७८ असोज १४ गते

क. परिचय

यो कोहलपुर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाका उपलब्धि र भावी योजनाहरुका विषयमा पत्रकार सम्मेलनका लागि तयार गरिएको विवरण हो । नगरपालिकाले विद्यालय शिक्षाको क्षेत्रमा गरेका मुख्य मुख्य कार्यहरु र भावी योजनाको सार सङ्क्षेप यसमा समेटिएको छ ।

ख. मुख्य कार्यहरुको सूची

१. कोहलपुर नगरपालिकाबाट निम्नानुसारका शिक्षासम्बन्धी ऐन, नियम र कार्यविधिहरु जारी गरिएको छ :

  1. कोहलपुर नगरपालिका शिक्षा ऐन, २०७६

  2. शिक्षक दरबन्दी मिलान कार्यविधि, २०७६

  3. कोहलपुर नगरपालिका शिक्षा नियमावली, २०७४

  4. कोहलपुर नगरपालिका वित्तिय समानीकरण कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७६

  5. अपाङ्गता भएका विद्यार्थीहरुको लेखाजोखा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७

  6. कोहलपुर नगरपालिका विद्यालय स्थापना, कक्षाथप, स्थानान्तरण र नामाकरण सम्बन्धी कार्यविधि , २०७८

  7. आधारभूत तह (कक्षा-८) को वार्षिक मूल्याङ्कन कार्यविधि, २०७८

  8. विद्यालयमा बाल संरक्षण नीति, २०७८ (विद्यालयहरुमा तयार भइरहेको)

  9. कोभिड-१९ को जोखिमरहित वातावरणमा विद्यालयमा पठनपाठन सञ्चालन कार्यविधि, २०७८

  10.  समावेशी शिक्षा नीति, २०७८

  11. बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०७८

ग. हालसम्म गरिएका केही मुख्य कार्यहरु

१.  कोहलपुर बाँके जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा भएको छ ।

२. कोहलपुरलाई बाँके जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा भएकोमा जिल्ला समन्वय समितिबाट ५० लाख रुपैयाँ पुरस्कार प्राप्त भएको छ ।

४. पाँचवटा विद्यालयहरुमा ५ वटा विषयगत शिक्षक सिकाइ केन्द्रहरुको स्थापना गरिएको छ ।

५. उपमेयर कप महिला क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ ।

६. लिडर मावि र फिडर स्कुलहरु निर्धारण गरी विद्यालयको नेटवर्क स्थापना गरिएको छ ।

७.  सामाजिक अध्ययन विषयका पाठहरुलाई नेपाली भाषामा शिक्षण गर्ने निर्णय भएको छ ।

८.  कोहलपुर शैक्षिक झलकको पहिलो र दोस्रो अङ्क प्रकाशन गरिएको छ ।

९.  कोहलपुर नगरपालिकाको शैक्षिक स्थितिको ब्रोसर (facts sheet) प्रकाशन गरिएको छ ।

१०. विद्यालयहरु खुलेको पढाइ भएको र शिक्षकको उपस्थितिको औसत दिन र सबै विद्यालयको औसत सिकाइ उपलब्धि पहिचान गरी सार्वजनिक गरिएको छ । यस तथ्याङ्कले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन र प्रधानाध्यापक छनौटका लागि भौगोलिक क्षेत्रको औसत इकाइ अङ्क पहिचान गर्न सहज भएको छ ।

११. शैक्षिक झलकमार्फत् विद्यालयहरुमा गएको सबै प्रकारका अनुदान रकमको विवरण सार्वजनिक गरिएको छ ।

१२.  सबै बालविकास केन्द्रका शिक्षकहरुलाई पाँच दिने बालमैत्री सिकाइसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको छ ।

१३.  साविकको स्रोतकेन्द्र रहेको भवनलाई वाइफाई र सभाहल सहितको शिक्षक केन्द्र बनाइएको छ ।

१४.  पाँचवटै विषयगत सिकाइ केन्द्रहरुमा कार्यशाला गरी प्रश्नपत्र बैङ्क निर्माण गरिएको छ ।

१५.  बालविकास केन्द्रहरुलाई बालमैत्री सिकाइ सामग्री प्रदान गरिएको छ ।

१६.  बालविकास केन्द्रको स्तरोन्नति कार्य शुरु गरिएको छ । (यस वर्ष ३ वटा)

१७.  सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा कम्प्युटर र वाइफाई सुविधा उपलब्ध गराइएको छ ।

१८. सबै विद्यालयबाट कार्यविधि निर्माण गरी विद्यालयका वार्षिक मूल्याङ्कन र नतिजा प्रकाशन गरिएको छ । 

१९. नगरपालिकाले जारी गरेको कार्यविधिका आधारमा विद्यालयमा मूल्याङ्कन समितिबाट कक्षा-८ को गराई शाखबाट वार्षिक नतिजा प्रकाशन गरिएको छ ।

२०.  पहिलो पटक IEMIS का आधारमा कक्षा-८ को वार्षिक नतिजा प्रकाशन गरिएको  छ ।

२१. दलित, मुक्त कमैया अति विपन्न र लोपोन्मुख विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

२२. शाखाबाट शिक्षक डायरी प्रकाशन तथा वितरण गरिएको छ । 

२३.  कार्यालयमा विद्यालय विवरणको फ्लेक्स प्रिन्ट प्रदर्शन गरिएको छ ।

२४. कक्षा ११ को अनुमति दिँदा पाठ्यक्रमले तोके अनुसारकोहलपुरलाई साक्षर नगरपालिका घोषणा

  1. शिक्षक दरबन्दी मिलान

  2. सबै विद्यालयहरुमा कम्प्युटर र वाइफाइ सुविधा

श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब भत्ता दिने प्रावधान ऐच्छिक प्रथम, ऐच्छिक द्वितीय, ऐच्छिक तृतिय र थप ऐच्छिक विषयको अनुमति लिनु पर्ने र अनुमति दिँदा प्राविधिक धारका विषयहरुलाई सामुदायिक र संस्थागत विद्यालयमा धेरै नदोहोरिने गरी समानुपातिक रुपमा विषय वितरण गर्ने व्यवस्था मिलाइएको छ । यसबाट शैक्षिक हब नीति कार्यान्वयनमा मद्दत पुग्ने आशा गरिएको छ ।

२५. सबै सामुदायिक विद्यालयका २७५ जना शिक्षकहरुको दरबन्दी मिलान गरिएको छ । साथै शिक्षा नियमावलीमा उल्लेख भएको वैधानिक प्रक्रिया बमोजिम सबै सामुदायिक विद्यालयहरुमा तहगत प्रधानाध्यापकको नियुक्ति व्यवस्था लगभग सम्पन्न भएको छ ।

२६. संस्थागत विद्यालयका लागि वार्षिक कार्यक्रम तथा बजेटहरु वितरण गरिएको छ । 

२७. संस्थागत विद्यालयहरुका लागि समेत लागू हुने गरी विद्यालय स्थापना गर्ने, कक्षा थप गर्ने ठाउँ सारी गर्ने, नामाकरण गर्ने कार्यविधि जारी गरिएको छ । आगामी ५ वर्षसम्म नयाँ संस्थागत विद्यालय खोल्न स्थगित गरिएको छ ।

२८. सबै संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलब श्रम ऐनले तोकेको प्रचलित मापदण्ड अनुसार हुनु पर्ने नीतिगत व्यवस्था गरिएको छ ।

२९. सबै संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिलाई कार्यविधि बमोजिम लक्षित समुदायका १० प्रतिशतले विद्यालयबाटै छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

३०. सबै विद्यालयको टाईमा नगरपालिकाको निर्णय बमोजिम राष्ट्रिय झण्डा रहेको विद्यालयको लोगो राख्न निर्देशन भएको छ ।

३१. सबै विद्यालयको भवन र गाडीमा नेपाल सरकारले तोकेबमोजिमको पहेँलो रङ लगाउने निर्णय भएको छ । 

३२. साझेदार संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुमा समावेशी शौचालय निर्माण, समावेशी विद्यालय सुधार योजना, वृत्ति विकास मार्गदर्शन प्रशिक्षण, आदिजस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

ङ. सबैभन्दा महत्वपूर्ण उपलब्धि

  1. कोहलपुरलाई साक्षर नगरपालिका घोषणा

  2. शिक्षक दरबन्दी मिलान

  3. सबै विद्यालयहरुमा कम्प्युटर र वाइफाइ सुविधा

  4. श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब भत्ता दिने प्रावधान

च. भावीयोजना

१. शिक्षक नियमावलीको परिमार्जन गर्ने

२. नगर शिक्षा योजना निर्माण गर्ने

३. ठुला स्कुल (Big School) र साना आकर्षक विद्यालय (Attractive School) निर्माणको योजना गर्ने

४. बालविकास केन्द्रहरुलाई स्रोतसाधनले सम्पन्न गरी पूर्णरुपमा बालमैत्री बनाउने

५. विद्यालयहरुको छाना भुई पर्खाल र झ्यालढोकालाई  मर्म्मत गरी सुदृढ बनाउने

६. वडा शिक्षा समिति गठन गरी क्रियाशील बनाउने

७. सामुदायिक-संस्थागत वा संस्थागत-संस्थागत विद्यालय समायोजन (मर्ज) गर्दै जाने

८. विद्यालयहरुको वर्गीकरण गर्ने

९. माध्यमिक विद्यालयहरुमा सवारी साधनको क्रमश: व्यवस्था गर्दै जाने

११. बाल विकास केन्द्रहरुको दरबन्दी र सङ्ख्या समायोजन गर्ने

१२. विद्यालयहरुमा कोहलपुर नगरपालिकाको वस्तुगत विवरणयुक्त स्थानीय विषय पठनपाठन गराउन पाठ्यपुस्तक निर्माण गर्ने ।

छ. निष्कर्ष

शिक्षक दरबन्दी मिलानको कार्यबाट वर्षौँदेखि शिक्षक अभावको समस्या झेलिरहेका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या अनुपातका आधारमा तहगत शिक्षकहरु उपलब्ध भएका छन् । सबै तहका विद्यालयमा कम्तिमा एक जना न्यूनतम शैक्षिक योग्यता प्राप्त स्थायी शिक्षकको  व्यवस्था भएको छ । शिक्षक विद्यालयको विषयगत दरबन्दीको अनमेल सम्बन्धी समस्याहरु कम भएका छन् । अपाङ्गता भएका, महिला, अशक्तता भएका शिक्षकहरुलाई भरसक घरपायक हुने गरी व्यवस्थापन गरिएको छ । योग्यता प्राप्त र क्षमतावान् शिक्षकलाई विद्यालयमा नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएको छ । सबै विद्यालयहरुमा कम्प्युटर र इन्टरनेटको व्यवस्था निश्चित भएको छ । विद्यालयको लेखापरीक्षण र सामाजिक लेखा परीक्षणलाई नियमित गरिएको छ । शैक्षिक गतिविधिहरु पारदर्शी भएका छन् । 

यसबाट विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ बनाउन ठूलो मद्दत पुगेको छ । कोहलपुरमा विकास हुँदै गएको उत्साहप्रद शैक्षिक वातावरणबाट नगरपालिकाबाहिरबाट स्थायी, योग्य र क्षमतावान् शिक्षकहरु सरुवा भई आउन आकर्षित भएका छन् । वर्षौँदेखि खुम्चिँदै गएका आधारभूत प्राथमिक विद्यालयहरु समेत कक्षा थप गरी विद्यालयको स्तरोन्नति गर्ने क्रममा रहेका छन् । समग्रमा कोहलपुरको शैक्षिक वातावरण उत्साहजनक रुपमा सुदृढ बन्दै गएको छ ।

ज. कृतज्ञता

कोहलपुर नगरपालिकाको शैक्षिक विकासमा हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने सबै महानुभावहरुमा कोहलपुर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै आगामी दिनमा यसैगरी सहयोग प्राप्त हुँदै जानेछ भन्ने आशा गर्दछ ।

कोहलपुर नगरपालिका, बाँके

A Levels MA
Thuprai - Books and E-books