After SEE Portal

केएमसीका विद्यार्थीको कडा कदम चाल्न बाध्य हुने चेतावनी

Bridge Course

काठमाडौँ मेडिकल कलेजले करारनामा गराएर विद्यार्थीलाई आर्थिक शोषण गर्न बन्द नगरे कलेज प्रशासनमा ताला लगाउने विद्यार्थीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेर एमबीबीएस अध्ययनका लागि केएमसी भर्ना भएका २४औं ब्याचका विद्यार्थीले नाटकीय शैलीमा अतिरिक्त शुल्क असुल्ने र होस्टेल अनिवार्य गरेको विषयमा संयुक्त विारोध जनाएका हुन् ।

करार नामाका विभिन्न बुँदामा कलेजले चर्को शुल्क असुल्ने बाटो खोलेको हुँदा यस अघि नै कलेजमा आफ्ना माग राख्दा कलेज प्रशासनले हामी पढाउँदैनौं जस्ता गौर जिम्मेबार अभिव्यक्ति दिएको हुँदा आफ्ना माग २४ घण्टा भित्र सम्बोधन नभए कडा कदम चाल्न बाध्य हुने विद्यार्थीले चेतावनी दिएका हुन् ।

 

आयोगले एक सय कोटाका लागि सिफारिस गरेका सबै विद्यार्थी यतिबेला संयुक्त रुपमा यलेजलाई यस्तो चेतावनी दिएका हुन् ।

कलेजले विद्यार्थी भर्ना गर्नुअघि करारनामा गराउने गरेको छ । पाँच पृष्ठको करारनामामा एउटा बुँदामात्र कलेजको दायित्वका रूपमा उल्लेख गरिएको छ । बाँकी सबै विद्यार्थीको दायित्वमा थोपरिएको छ । करारनामामा विद्यार्थीको अनुशासन तथा आचारसंहिताभन्दा पनि आर्थिक पक्षसँग जोडिएका विषय बढी उल्लेख छ ।

कलेजको ध्यान गुणस्तरी य शिक्षा प्रदान गर्नेभन्दा आर्थिक पाटो कसरी मजबुत पार्ने भन्ने पक्षमा बढी रहेको विद्यार्थी प्रँची मिश्रले बताइन् ।

 

कलेजले गत मङ्सिर २७ गते करारनामा गराएको थियो । मङ्सिर १९ गतेदेखि नै लागू हुने गरी छात्रावासको शुल्क उठाएको छ ।

होस्टलमा डबल सेयरिङका लागि मासिक १२ हजार रुपियाँ र एकलका लागि मासिक २४ हजार रुपियाँ शुल्क लिँदै आएको छ । यो शुल्क विद्यार्थीले एक वर्षकै एकमुष्ठ बुझाउनै पर्ने र यसमा वार्षिक पाँच प्रतिशतका दरले वृद्धि गर्ने भनी करारनामा गराइएको विद्यार्थीको गुनासो छ

छात्रावासअन्तर्गत कोठाका लागि मात्र यो शुल्क कलेजले निले गरेको छ । विदार्थीले खानाका लागि अलग्गै अतिरिक्त शुल्क तिर्नुपर्ने एक विदार्थीले बताए ।

राज्यलाई तिर्नुपर्ने शिक्षा कर पनि विद्यार्थीले तिर्नुपर्ने करारनामा कलेजले सम्झौत गराइसकेको छ । सम्बन्धन शुल्क, शिक्षा मन्त्रालयको दर्ता शुल्क लगायतका शुल्कपछि जानकारी गराइने र सोको भुक्तानी पहिलो पक्ष अर्थात् विद्यार्थीले नै तिर्नुपर्ने करारनामामा उल्लेख छ ।

अध्ययनका अवधिमा स्वास्थ्य उपचार गर्नुपरेमा विद्यार्थीले नै खर्च व्यहोर्नुपर्ने, भ्याटसहितको मेस शुल्क, भर्नाका लागि पाँच हजार रुपियाँ लगायत विद्यार्थीले नै तिर्नुपर्ने छ । मेसमै खाना खानुपर्ने र सो वापतको शुल्क बजारको मूल्यअनुसार कायम हुने भनिएको छ । मेस शुल्क करारनामामा खुलाइएको छैन । मेसमा खानका लागि अग्रिम दुई महिनाकै शुल्क बुझाउनुपर्ने उल्लेख छ ।

अध्ययनपश्चात विद्यार्थीले इन्टर्नसिप सोही कलेजमा गर्ने भएमा भर्ना हुँदा नै दुई लाख ४० हजार रुपियाँ बुझाउनुपर्ने करारनामामा उल्लेख छ ।

तोकिएको शुल्क समयमा नै बुझाउन र नबुझाए विलम्ब शुल्क १० हजार रुपियाँमा दैनिक १० रुपियाँका दरले जरिबाना तोकिएको छ ।

छात्रावासमा बस्दा विद्यार्थीले प्रयोग गर्ने इन्टरनेट ९वाइफाइ०, पानी र विद्युतको रकम अलगे बुझाउनुपर्ने करारनामामा प्रष्ट लेखिएको छ । भर्नाको समयमा तथा प्रत्येक सेमेस्ट सुरु हुनुअघि सेरोलोजी र डोपिङ टेस्ट विद्यार्थीले सोही मेडिकल कलेजमा गराउनुपर्ने र त्यसवापत शुल्क तिर्नुपर्ने हुन्छ ।

राजनीतिक गुटबन्दी नगर्ने पनि सचेत गराउँदै त्यस्तो गरेमा कलेजबाट निस्काशन गरिने र शुल्क फिर्ता नहुने स्पष्ट गरिएको छ । करारनामामा कलेजले आफूलाई एजेन्ट नभई एमबीबीएस शिक्षा प्रदान गर्ने आधिकारिक शिक्षण संस्था हो भन्ने बुझ्नुपर्छ भनेर लेखिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books