After SEE Portal

केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीको कालोमोसो

Bridge Course

काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् । काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज विराटनगर र मणिपाल मेडिकल कलेज पोखरामा विगत ४१ दिन देखि चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र बीएनएसका विद्यार्थीहरु मेडिकल कलेजको अतिरिक्त शुल्क , अनिवार्य होस्टेल लगायतका विषयमा विरोध जनाउँदै आन्दोलनरत रहेका छन ।

मेडिकल कलेजहरु विद्यार्थीका जायज मागमा छलफल गर्नुको साटो विद्यार्थीलाई डर, धम्की र परिवारलाई मानसिक तनाव दिई नीति, नियम र कानुनलाई ठाडो चुनौती दिईरहेको विद्यार्थीहरुले संयुक्त विज्ञप्ति जारी गरी उल्लेख गरेका छन् ।

'संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट शिक्षा र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझइएकोमा आज शिक्षा मन्त्रालयमा सरोकारवाला पक्ष वीच छलफल गर्ने क्रममा मेडिकल माफिया सुनिल शर्माले विद्यार्थी र अविभावकलाई हतोत्साहित गर्ने निर्णयहरुमा नोट अफ डिसेन्ट लेख्ने र सङ्गठनहरुलाई समेत दुर्व्यवहार गर्ने हर्कत गरेकाले मेडिकल माफिया सुनिल शर्मालाई सिहदरबार स्थित शिक्षा मन्त्रालय परिसरमा संयुक्त विद्यार्थी सङ्गठनहरुको तर्फबाट कालोमोसो दलिएको छ। यसको जिम्मेवारी सात विद्यार्थी सङ्गठनहरुले लिदै घटनामा गिरपतार अनेरास्ववियुका उपमहासचिव क महेश मास्के र स्थायी कमिटी सदस्य क अमर पुनको सिघ्र रिहाईको माग समेत गर्दछौ'  विज्ञप्तिमा भनिएकोछ ।

नेपालको मेडिकल शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिएर सबै नागरिकहरुको पहुँचमा मेडिकल शिक्षा पुर्याउन र आन्दोलनरत विद्यार्थीहरुको पठनपाठनको व्यवस्था अविलम्ब गर्न पनि जोडदार माग गर्दछौ  विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books