After SEE Portal

शिक्षाको गुणस्तर सुधारका लागि फरक कार्यक्रम तय गर्दै कीर्तिपुर

Bridge Course

 

कीर्तिपुरले नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको छ । यो राजनैतिक तथा शैक्षिक दृष्टिकोणले पनि ऐतिहासिक नगर हो । कीर्तिपुर सबै भन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय रहेको स्थान हो । त्यसैले कीर्तिपुरको शिक्षामा ठुलो  योगदान रहेको छ ।

दुईवर्ष अघि पूर्ण साक्षर घोषित नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आप्mनै तरिकाका नीति तथा कार्यक्रम तय गर्दै आएको छ ।

यसैक्रममा कीर्तिपुरले विद्यालय शिक्षाको गुणस्तर सुधारकालागि फरक तरिकाको कार्यक्रमहरू तय गरेको छ । २०७४ मा नै नगर शिक्षा ऐन जारी गरेको  छ  । नगरको शिक्षा सुधारका लागि नवीनतम अवधारण भित्र्याइ रहेको  छ ।फरक तरिकाको अनुगमन तथा सुपरीवेक्षण अभियान थालेको छ । नगर उपप्रमुख सरस्वती खड्काको संयोजकत्वमा थालिएको सो अभियानमा विद्यालयमा पुगी गुनासो संकलन तथा समस्या समाधानको उपाय खोजिने गरिएको छ ।

नगरपालिका तथा शिक्षा शाखाको संयुक्त टोलीले कीर्तिपुरका सम्पूर्ण सामुदायिक विद्यालयको क्रमानुसार अनुगमन गर्दै आएको छ । विशेष गरी सहरी क्षेत्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि नगरले शिक्षा सुधारका लागि यो अभियान थालेको हो ।

नगरले अधिकांश विद्यालयको  फरक तरिकाले अनुगमन गरिरहेको  शिक्षा शाखा कीर्तिपुरका शाखा अधिकृत ओमबहादुर विश्वकर्माले बताए । नगरको अनुगमन टोलीमा शाखाका प्रतिनिधि, विद्यालय निरीक्षक तथा अन्य कर्मचारीहरू संलग्न हुने गरेका छन् । रू

अनुगमनका क्रममा शिक्षक, विद्यार्थीसँग छलफल गर्ने गरिएको छ । छलफलमा उठेका विषयवस्तुलाई आधार मानेर नगरले आगामी योजनामा शिक्षा सुधारका योजना तय गर्ने भएको उपप्रमुख सरस्वती खड्काले बताइन् ।

२०७२ को महाविनाशकारी भूकम्पले कीर्तिपुरका ५० प्रतिशत भन्दा बढी विद्यालयमा क्षति पु¥याएको थियो । ती क्षतिग्रस्त अधिकांश विद्यालयहरू निर्माण सम्पन्न भइसकेका छन् विद्यालयमा नगरपालिकाले फर्निचरको व्यवस्था गरेको उपप्रमुख खड्काले जानकारी दिइन् ।

नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा मन्टेश्वरी पद्धतिको कार्यन्वयन गर्न साझेदारी संघसंस्थासंग सहकार्य गरी वडा नंं. ९ को ढोकासी सामुदायिक भवनमा ४० जनालाई मन्टेश्वरी तालिम प्रदान गरिएको उपप्रमुख खड्काले बताइन । खड्का भन्छिन्,‘नरपालिकाले इसीडीका बालबालिकाको बसाइ व्यवस्थापन, विद्यालय अनुगमन तथा बालबालिकासँग मेयर कार्यक्रम सचालन गर्दै आएको छ ।’

कीर्तिपुर नगरपालिका भित्र संचालित सार्वजनिक गुठी, निजिगुठी एवमं संस्थागत विद्यालयले उपलव्ध गराउने १० प्रतिशत छात्रवृति मध्ये नगरपालिकाले थप ३ प्रतिशत विद्यार्थीलाई संस्थागत विद्यालयले छात्रवृत्ति दिनु पर्ने व्यवस्था गरेको छ । थप तीन प्रतिशत छात्रवृत्ति पाउनका लागि शिक्षा शाखा कीर्तिपुरबाट सम्बन्धित विद्यालयमा विद्यार्थीहरू सिफा िशिक्षा शाखाबाट सिफारिस भई गएका विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयले प्रदान गर्नु पर्ने व्यवस्था गरेको छ ।

यसै गरी नगरपालिकाले कक्षा ११ र १२ मा विज्ञान अध्ययन गर्न चाहने गरिब, जेहेन्दार तथा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आवश्यक प्रक्रिया पूरा गरेर आएका विद्यार्थीलाई सम्बन्धित विद्यालयसँग सहकार्य गरी जनही ५० हजार नगद नगरपालिकाले प्रदान गर्ने नगर प्रमुख रमेश महर्जनले बताए । प्रमुख महर्जन भन्छन्,‘यो शैक्षिक सत्रमा ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।’

नगर भित्रका सम्पूर्ण विद्यार्थीलाई सहभागी गराई मेरो खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा नगरभित्रका सम्पूर्ण विद्यालयका बालबालिकालाई छनोट गरी फुटवल,भलिवल, व्याडमिन्टन,टेवलटेनिस र चेसको तालिम प्रदान गर्दै आइरकेको छ ।

बालकालिकाको चौतर्फि विकासका लागि नगरले विद्यार्थीले खेलकुदका विभिन्न प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्यले बालबालिकालाई समूह छनौट गरी तालिम प्रदान गर्दै आएको प्रमुख महर्जनले बताए ।

शिक्षक व्यवस्थापनलाई व्यवस्थित गर्न नगरपालिकाले शिक्षक व्यवस्थापन कार्यविधि तयार गरेको छ । सो कार्यविधिअनुसार शिक्षक विद्यार्थी अनुपात तय गरिने भएको छ । समयमा दरबन्दी मिलान गर्न नसक्दा समस्या भएका विद्यालयमा नियमित कक्षा सञ्चलन गर्ने उद्देश्यले १५ जना स्वयम्सेवकले नगरका विभिन्न विद्यालयमा शिक्षण गरिरहेका छन् ।

यसैगरी नगरभित्र कार्यरत इसीडीका शिक्षकलाई नगरका तर्फबाट थप ३ हजार पारिश्रमिक प्रदान गरेको महर्जनले जानकारी दिए ।

नगरभित्रको जनसेवा माध्यमिक विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालनमा छ । सो विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु छ । यसलाई मध्यनजर राख्दै नगरले आगामी शैक्षिक सत्रदेखि मंगल माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन गरिने तयारी भइरहेको प्रमुख महर्जनले बताए ।

स्थानीय पाठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका पुस्तक तथा पत्रपत्रिका सहज तरिकाले पढ्न पाउने व्यवस्था मिलाउन कीर्तिपुर नगरपालिकाले हरेक वडामा एकएक वटा पुस्तकालय स्थापना गर्ने भएको छ ।

वडा नम्बर १०,९ र ६ मा पुस्तकालय खोलिएको छ । १० नंं. वडामा इलाइब्रेरी सञ्चालनमा आइसकेको छ । यसैवर्ष भित्र सबै वडामा पुस्तकालय खोलिने शिक्षा शाखा कीर्तिपुरले जानकारी दियो ।

कीर्तिपुर नगरपालिकाले स्थानीय कला, संस्कृति, व्यवसाय, सीप तथा भाषा समावेश गरेर स्थानीय पाठ्यक्रम तयार गर्ने भएको छ । स्थानीय मागमा आधारित पाठ्यक्रम निर्माण गर्नका लागि नगरपालिकाले प्राडा. रामकृष्ण महर्जनको संयोजकत्वमा १० सदस्यीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको छ । सो कार्यदलले व्यापक अध्ययन तथा अनुसन्धान गरी तयार पारेको पाठ्यक्रम अर्को शैक्षिक सत्रबाट कार्यान्वयन गरिने नगर प्रमुख रमेश मर्हजनले बताए ।

बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कीर्तिपुर नगरले बाल साहित्य महोत्सवको आयोजना गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुरका सबै सामुदायिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो । नगरपालिको संयोजन तथा क्रियटिभ एकेडेमी बालकला संग्रहालय, कथालय शिल्पी नाटकघरको सहकार्यमा छात्रछात्रालाई कथा लेखन तालिममा सहभागी गरायो ।

हरेक विद्यालय प्रविधिमैत्रि बनाउन नगरपालिकाले इन्टरनेटको पहुँच तथा कम्प्युटर प्रदान गरेको छ । गत वर्ष हरेक विद्यालयलाई २५–२५ कम्प्युटर प्रदान गरेको छ । कीर्तिपुरले हरेक सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाएको छ । विषयअनुसार हरेक कक्षामा प्रविधिको प्रयोग गरी पठनपाठन गराइने गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books