Bachelors Portal

आइप्यान अध्यक्षमा केसी

इन्टरनेसनल एजुकेसन प्रोभाइरडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

आइप्यानको वार्षिक साधारणसभाले उनलाई निर्वाचित गरेको हो ।

यसैगरी आइप्यानको निवर्तमान अध्यक्षमा समीर थापा, वरिष्ठ उपाध्यक्षमा डा. मिथिलेशकुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेस्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा तेज ढकाल, योगेश उप्रेती, रवी फुँयाल र प्रभिना थापा निर्वाचित भएको आइप्यानले जनाएको छ ।

विदेशी शिक्षण संस्था तथा विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ८६ संस्था सञ्चालित छ । ती संस्थामा २८ हजार विद्यार्थी अध्ययनरत छन् ।  

Thuprai - Books and E-books