Bachelors Portal

'क्याथफेष्ट- २०१९'आजबाट सुरु

Managed Admission 2022

काठमाडौँ :ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ आजबाट सुरु भएको छ । विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ ।  

“नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्फतसम्बोधन गर्न खोजिएको बताउँछन्, कलेजका प्राचार्य डा. मधु सूदन कायस्थ । 

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन् । प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी÷व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरिरहेका छन् । 

उक्त प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ । 

थप जानकारीका लागि सम्पर्क —

डा. मधु सूदन कायस्थ, प्राचार्य

मोबाइल — ९८०१०१४८८१

इमेल — pincipal@kathford.edu.np

ओम मिश्र

मोबाइल — ९८०१२३१२६२

इमेल — om.mishra@kathford.edu.np

Select college / campus