After SEE Portal

छैठौ कान्तिपुर हिसान एडु फेयर जेठ ९ बाट

Bridge Course

काठमाडौँ, जेठ ६, २०७६ - उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रुपमा ‘कान्तिपुर हिसान एडु फेयर २०१९' आयोजना गर्ने भएका छन् । 

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ यहि जेठ ९ गतेबाट जेठ १२ गतेसम्म राजधानीको भृकुटीमण्डप, प्रदर्शनीहलमा यस मेला संचालन हुने छ । 

नेपालमै संचालित शिक्षालयहरूले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका उचित जानकारी र परामर्श दिन यस मेला उपयोगी हुने आयोजकको विश्वास छ । 

मेलामा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्था तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमांचल र सुदूरपश्चिमांचल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले बताइएको छ । 

कान्तिपुर हिसान एडुफेयर–२०१९ को मुख्य प्रायोजकहरुमा व्रिजवाटर ईन्टरनेशनल कलेज, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर(सि.सि.आर.सी), गोल्डेनगेट ईन्टरनेशनल कलेज, काठमाण्डौं बल्ड स्कूल रहेका छन् भने प्रायोजकहरूमा ड्याफोडिल स्कूल, डिएभि कलेज, हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज, इन्टरनेशनल स्कूल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट(आ. एस. टि.) कलेज, किष्ट कलेज, लिटिल एञ्जेल्स कलेज, एल आर आई स्कूल, नामी कलेज, नोवेल एकेडेमी, पेन्टागन ई कलेज, प्रिमियर कलेज, साउथ वस्टर्न स्टेट कलेज, ट्रिनिटी ईन्टरनेशनल कलेज, ट्रिटोन ईन्टरनेशनल कलेज, भि.एस्.निकेतन कलेज, र जेभिएर ईन्टरनेशनल कलेज रहेका छन् भने सहयोगी संस्थाको रुपमा हेराल्ड कलेज काठमाडौ रहेको छ । 

विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक, अभिभावक तथा शिक्षा संग सरोकार राख्नेहरु गरी  २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलामा निःशुल्क प्रवेशको साथै विद्यार्थीहरुलाई विभन्न शैक्षिक संस्थाहरु मार्फत नि:शुल्क छात्रवृतिको समेत व्यवस्था गरिएको छ । 

A Levels MA