After SEE Portal

स्थानीय पाठ्यक्रम लागु गर्दै काठमाडौं महानगरपालिका

Bridge Course

काठमाडौँ महानगरपालिकाले यो शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । कामपा भित्र सञ्चालित सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम एकै साथ लागु हुने भएको छ ।

महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानीय पेसा व्यवसाय र पर्यटन लगायतका विषय समेटेको पाठ्यक्रम लागु गर्ने भएको हो । 

कामपामा मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको शिक्षा विभागका अधिकृत तारापति खरेलले बताए ।

स्थानीय पाठ्यक्रम नेपाल भाषा, नेपाली र अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गरिने भएको छ । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहने गरी पाठ्यक्रम निमर्काण गरेको हो । पाठ्यक्रम निर्माणको सम्पूर्ण काम सकिएको तर केही प्राविधिक काम बाँकी रहेको हुँदा दुई चार दिनमा नै सार्वजनिक गरिने अधिकृत खरेलले जानकारी दिए ।

‘स्थानीय पाठ्यक्रम निर्माण लागि महानगरले गत भदौ ५ गते नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको थियो ।

सो समितिमा नेपाल भाषाका लागि तत्कालीन शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका थिए ।

त्यसैगरी अङ्ग्रेजी र नेपाली भाषाका लागि प्राडा चुन्दा बज्राचार्य, मदनराज मानन्धर, माधव घिमिरे, नातिकाजी महर्जन र ज्ञानबहादुर अधिकारी सदस्य रहेको समितिले पाठ्यक्रम निर्माण गरेको हो।

समितिलाई पाठ्यक्रम् निर्माणका लागि दुई महिनाको समय सीमा दिइएको भए पनि केसीको सेवा अवकाश लगायत विभिन्न कारण पाठ्यक्रम तयार पार्न ढिलाइ भएको शिक्षा विभागले जानकारी दियो ।

महानगरभित्रका सामुदायिक र संस्थागत सबै ७५० विद्यालयमा यही शैक्षिकसत्रबाट यो पाठ्यक्रम लागु हुने भएको छ ।

महानगरले सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उक्त स्थानीय पाठ्यक्रम उपलब्ध गराउने भएको छ । पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिएको अधिकृत खरेलले बताए ।

A Levels MA
Thuprai - Books and E-books