After SEE Portal

एमएन कक्षा सञ्चालन गर्दै जुम्ला

Bridge Course

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा अयोगमा प्रतिष्ठानले पाठ्यक्रम सहित अनुमतिका लागि आवेदन दिएको छ ।

प्रतिष्ठानले १२ सिटको कक्षा सञ्चालनका लागि अयोगसंग अनुमति माग गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले जानकारी दिए । ‘प्रतिष्ठानले विषयविज्ञको राय सुझावका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासका आधारमा पाठ्यक्रमको मस्यौदा तयार गरी अयोग समक्ष निवेदन दिने तयारी गरेको छ ।’ उनले भने, ‘पाठ्यक्रमले स्वीकृति पाएसंगै जुम्लामा एमएनको कक्षा सञ्चालन हुन्छ ।’

यसैवीच प्रतिष्ठानले एमएन तहको पाठ्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन हालै भर्चुअल छलफलमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले प्रतिष्ठानलाई चिकित्सा शिक्षा र सेवाको उत्कृष्ट केन्द्र बनाउन लागिएको बताए । ‘प्रतिष्ठान चिकित्सा विधाका प्रमुख विषयमा पठनपाठन गर्ने तयारीमा जुटेको छ ।’ उनले भने, ‘प्रतिष्ठानलाई सेवा र शिक्षाको उत्कृष्ट गन्तव्य बनाउँछौँ, अव कर्णालीले चिकित्सक उत्पादन गरी अन्यत्र पठाउँछ ।’

सो कार्यक्रममाप्रतिष्ठानका नर्सिङ डीन सहायक प्राडा सरस्वती गौतमले नर्सिङ विषयका सबै तहमा प्रतिष्ठानमा पठनपाठन हुन लागेको जानकारी दिइन् । यसले समग्र कर्णालीको शिक्षा र स्वास्थ्यमा कोशेढुङ्गाका काम गर्ने बताइन् । सहायक प्राडा शर्मिला जोशीले प्रतिष्ठान र विज्ञले तयार पारेको पाठ्यक्रमको मस्यौदा प्रस्तुत गरेकी थिइन् । उनले दुई वर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यावहारिक हुने बताइन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै कुनैसमय डाक्टर नपाउने जुम्लाले अहिले आफैंले चिकित्सा विषयका विभिन्न विधामा पाठ्यक्रम तयार गर्नु कर्णालीका लागि गौरबको विषय भएको बताए ।

पाठ्यक्रमको मस्यौदामाथि विभिन्न विज्ञले सुझाव दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्याका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला गौतम, प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राडा मुनीराज क्षेत्रीले मस्यौदामा सुझाव दिएका थिए ।

प्रतिष्ठानले गतवर्षदेखि स्नातकोत्तर तहमा जनरल प्राक्टिस तथा इमरजेन्सी, पेरियाक्ट्रिक र एनेस्थेसिया तथा क्रिटिकल केयरमा कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि चिकित्सा विषय अन्तर्गत स्नातक तहमा एमबीबीएस,विएन र फार्मेसी विषयमा २० सिटमा पठनपाठनको सुरुआत गर्दैछ । यसअघि स्नातक तहमा विएन, विपिएच र मिडवाइफ्रिमा पठनपाठन हुँदै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books