After SEE Portal

कोभिड–१९ मा त्रिविकाे सक्रियताका बारेमा जर्नल तयार

Bridge Course

त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ ले स्वास्थ्य, शिक्षा, अर्थतन्त्र एवं समाजको विविध विधामा पारेको असरहरुको बारेमा अनुसन्धानमुलक जर्नल प्रकाशित गरेको छ । त्रिवि सभाको बैठक लगक्तै आयोजित जर्नल विमोचन कार्यत्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले उक्त जर्नलको अनलाइन प्रविधिको माध्यमबाट बिमोचन गरे । त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त जर्नलमा कोभिड–१९ का बारेका अनुसन्धानमुलक सामग्री उपलब्ध छन् । 

त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ को सङ्क्रमणको जटिल परिस्थितिमा शैक्षिक एवं जनस्वास्थ्यको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विश्वव्यापी जटिलताको विषम परिस्थितिमा विश्वविद्यालयले आफुलाई जिवन्त तुल्याइ शैक्षिक एवं स्वास्थ्यका क्षेत्रमा आफ्नो विज्ञताको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धी अनुसन्धान, स्वास्थ्य सेवा, विज्ञ परामर्श, विद्युतीय माध्यमको नीतिगत कार्यान्वयन गर्दै शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले सरकारलाई आधिकारिक पत्राचार गर्दै विश्वविद्यालयको भौतिक सम्पति, उपकरण, विज्ञ जनशक्तिलाई कोभिड–१९ विरुद्धको प्रयोजनका लागि उपयोग गर्न सकिने संस्थागत जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण विस्तारित हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले तत्काल निर्णय गरी  आंगिक क्याम्पसहरुलाई क्यारेन्टाइन र आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । यसैगरी त्रिविको विशेष अग्रसरतामा शिक्षण अस्पताल महाराजगञ्ज, कीर्तिपुर र सुर्खेतमा पिसिआर मेसिन जडान गरी  स्वास्थ्य परिक्षणसमेत गरिएको थियो । नेपाल सरकारसँगको समन्वय एवम् सहकार्यमा त्रिवि शिक्षण अस्पतालको हाडर्जोनी र नाक, कान, घाँटी वार्डलाई खाली गराई आइसियुसहितको कोभिड अस्पतालको रुपमा सेवा उपलब्ध गराउन पदाधिकारीसहितको पहलले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ  ।

कोभिड–१९ विरुद्धको लडाईमा त्रिभवन विश्वविद्यालयका स्वास्थ्यकर्मी र कर्मचारीहरुले अग्रस्थानमा रही सेवा प्रदान गर्न सक्षम भएका छन् । करिब दुई सयजना स्वास्थ्यकर्मीहरु आफै संक्रमित भएर पनि स्वास्थ्य सेवामा निरन्तर क्रियाशील छन् । साथै विश्वविद्यालयको स्वास्थ्य विज्ञहरुले देशभरी कोभिड–१९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेको त्रिविले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयले कोभिड सङ्क्रमणको चुनौतिपूर्ण परिस्थितिमा समेत शैक्षिक गतिविधिलाई जिवन्त राख्दै आफूलाई समयानुकूल परिवर्तन गर्न अध्ययन अध्यापनको वैकल्पिक विधि आत्मसात गरेको छ । सामाजिक दुरीको प्रयोग गरी घरबाटै कक्षा लिने परिस्थितिको निर्माण गरी अनलाइन कक्षालाई व्यवस्थित गर्न एनआरइएन भन्ने संस्थासँग सहकार्यमा जुम प्रविधिको निःशुल्क १७५ लाइसेन्स तत्काल उपलब्ध गराई शिक्षण सिकाइ प्रारम्भ गरिएको छ । शिक्षाको अन्तर्राष्ट्रियकरणको महत्वपूर्ण उपलब्धीहरुबाट सिक्दै क्रिविले माइत्रोसफ्ट टिमसँग पाँच लाख लाइसेन्स लिएर शिक्षक, कर्मचारी र विद्यार्थीहरुको इमेल बनाइ कक्षालाई थप व्यवस्थित गरेको जनाइएको छ  । 

आधुनिक प्रविधिको माध्यमबाट शिक्षण सिकाइ प्रक्रियामा जान नीतिगत निर्णय गर्नुका साथै सूचना प्रविधिको पहुँचलाई सर्म्पूण क्याम्पस एवम् निकायहरुमा पुर्‍याउन केन्द्रीयस्तरमा सूचना प्रविधि नवप्रवर्तन केन्द्रको स्थापना भएको छ । विश्वविद्यालयको सम्पूर्ण निकायहरुलाई एउटै डोमेनमा व्यवस्थित गर्न सबै १३० भन्दा बढी निकायहरुको सवडोमेन निर्माण गर्ने कामले सफलता प्राप्त गरिसकेको छ । विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रविधिमैत्री बनाइ विद्युतीय माध्यममा संलग्न गर्न पाँच हजार शिक्षक र पाँच सयभन्दा बढी कर्मचारीहरुलाई अनलाइन कक्षा सञ्चालनको तालिम उपलब्ध गराएको छ ।

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शैक्षिक प्रशासनिक एवं अनुसन्धानमुलक गतिविधिका बारेमा त्रिविले उपलब्ध गराएको आधिकारिक इमेलमार्फत पत्रचार गरी सबैलाई विद्युतीय माध्यममा आवद्ध गराउने कामको सुरुवात भएको छ । अफिस अटोमेटस सफ्टवेयरको माध्यमबाट विश्वविद्यालयका आन्तरिक प्रशासनिक क्रियाकलापलाई अटोमेशन गर्ने काम अघि बढिरहेको छ । विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा प्रविधिको पहुँचलाई विस्तार गर्दै सवल, समक्ष बनाउन विश्वविद्यालय अनुदान आयोगको पहलमा प्राप्त रकमको पहिलो किस्ता सम्पूर्ण शैक्षिक निकायहरुलाई उपलब्ध गराइएको त्रिविले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी नेपाल सरकारद्वारा जारी  आचार संहितालाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा रहेको अनलाइन सामग्रीहरु विश्वविद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुले आधिकारिक इमेलको प्रयोग गरी उपयोग गर्नसक्ने व्यवस्था गरिएको छ । 

कोभिड लगायत स्वास्थ्यसम्बन्धी अन्य विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भई कार्य अगाडि बढेको छ । स्कुल अफ मेनेजमेन्ट र श्रम तथा रोजगार मन्क्रालयको संयुत्त पहलमा प्रधानमन्क्री स्वरोजगार कार्यत्रमको प्रभावकारिता र सम्भावना विषयमा अनुसन्धान भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग र नीति अनुसन्धान प्रतिष्ठानको संयुक्त पहलमा कोभिड–१९ को आर्थिक प्रभावको विषयमा अनुसन्धान भएको छ । त्रिवि अनुसन्धान केन्द्रबाट कोभिड विशेष जर्नल प्रकाशन भएको छ । रिकाष्टबाट कोभिड विशेष जर्नलको रुपमा “आस्था जर्नल” प्रकाशन भएको छ । विश्वविद्यालयका शिक्षक कर्मचारीलाई दिइने तालिमका अतिरिक्त मानविकी तथा सामाजिकशास्त्र संकाय,  संकट व्यवस्थापन कार्यक्रम, युएनडीपी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको  सहकार्यमा स्थानीय निकायका ८० निकायका प्रमुख, उपप्रमुखलाई संकटकालमा नेतृत्व र निर्णय क्षमता विकाससम्बन्धी तालिम समेत सम्पन्न गरिसकेको त्रिविले जानकारी दिएको छ । 

A Levels MA
Thuprai - Books and E-books