Bachelors Portal

पढाई संगै रोजगारीको अवसर पनि हो ‘टेक्सास’

काठमाडौं । टेक्सास इन्टरनेसनल कलेज (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन ) र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी (लिंकन विश्वविद्यालय मलेसीया बाट सम्बन्धन ) दुइ वटाको समिश्रण हो टेक्सास । जुन दुईओटा भबन मार्फत् संञ्चालन हुदै आएको छ ।  

टेक्सास इन्टरनेसनल कलेज एक अव्वल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । टेक्सासले बहुआयामीक संस्थाका रूपमा सन् २०१० देखि अध्यापन गर्दै आइरहेको छ ।

प्लस टु देखि मास्टर्ससम्मका व्यवहारिक विद्यालयका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायहरुका विभिन्न तहका कार्यक्रमहरु सञ्चालनमा छन् ।


टेक्सास कलेजले विभिन्न कार्यक्रमहरू जस्तै बीएससी (सीएसआईटी), बीबीएस, बीए, बीएसडब्लूर एमबीए (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ ।

 यसका साथसाथै टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी (लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) बाट बीबीए, एमबीए, बीआईटी र बीसीएसका कक्षाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

 यस कलेजमा आबद्ध भएका विद्यार्थीहरूले विषय शिक्षकका साथसाथै विभिन्न संस्थामा आबद्ध प्राध्यापक तथा ख्यातिप्राप्त विद्वानहरूसँग पनि आफ्ना विचारहरूको आदान–प्रदान गर्ने विभिन्न अवसरहरू उपलब्ध गराइरहेको छ । 

 


यसै सन्दर्भमा कलेजका निर्देशक नारायण पोखरेलसंग इडियु सन्जालका सिताराम शर्माले गरेको कुराकानीको सारसंक्षेपः 

कलेजको स्थापना कसरि भयो ?
सर्वप्रथम प्लस टु स्थापना भएको थियो । यसरी प्लस टु चलाईराख्दा हामिलाई अन्य विद्यालय वाट आउने विद्यार्थीहरु मा हामिलाई चाहिने जनशक्ति अपुग भएको अनुभब महसुश भयो र शुन्य तहदेखि  चलाउन पर्ने भएकाले स्कुल पनि संञ्चालनमा ल्याएर चलायौँ र २०१० मा टेक्सास इन्टरनेसनल कलेज(त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) स्थापना भयो करिव चार बर्ष पछि टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी (लिंकन विश्वविद्यालय मलेसीया बाट सम्बन्धन प्राप्त) स्थापना भयो । 

             


अहिले कतिजना शिक्षक अध्यापनरत छन् ?
टेक्सास इन्टरनेसनल कलेज र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी मा गरि करिव दुईसय ८० जना रहेका छन् ।


अहिले विद्यार्थी सङख्या कति छन् र कतिले पास गरिसकेका छन् ?
अहिले सम्मको डाटा हेर्दा करिव पाँच हजार प्लस विद्यार्थिले पास गरिसकेका छन् भने, अहिले करिव चारसय प्लस विद्यार्थी अध्यनरत रहेका छन् । 

                  


कुन कुन विषयमा पठनपाठन हुन्छ ?
प्रविधिमैत्री पठनपाठनमा विशेष जोड दिँदै आएको छ । सबै विषयमा आधुनिक पद्धति अपनाइ व्यावहारिक शैलीमा व्यावहारिक पठन–पाठन गराइरहेको छ । आईटीका क्षेत्रमा पनि दक्ष विद्यार्थी उत्पादन गराइरहेको छ ।

 बीएससी  (सीएसआईटी), बीआईटी, बीसीएस (नेटवर्क टेक्नोलोजी एन्ड साइबर सुकेरेटी) बीएससी (सीएसआईटी), बीबीएस, बीए, बीएसडब्लू र एमबीए (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञान तथा टी (लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) बाट बीबीए, एमबीए, बीआईटी र बीसीएसका कक्षाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ । 

                   


टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर हुदा विद्यार्थिलाई के फाईदा छ ?
टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर ले पनि महत्वपुर्ण भुमिका खेलेको छ । यहाँ बाट उत्पादन जनशक्तिले उद्योग र एकेडेमिकबीचको खाडललाई चिर्न सफल भएको छ ।

 यो फेयरमा नै करिव पच्चीस भन्दा बढि कर्पोरेट हाउसका विज्ञहरु उपस्थित रहेर विद्यार्थीहरु संग व्यावसायिक संवाद गरि विद्यार्थीको लागि कलेजमा आई रोजगारिको अबशर मीलेको छ । 


विद्यार्थी को लागी बजारकोे अवस्था कस्तो छ ?
दक्ष शिक्षकहरूद्वारा मैत्रीपूर्ण वातावरणमा जोड दिँदै आएको कलेजले सूचना प्रविधिसम्बन्धी अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा हुने सभा सम्मेलनमा विद्यार्थीहरूलाई सामेल गराएको छ ।

 टेक्सास कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी शिक्षा हासिल गरेका छन् । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरू नेपाल तथा विदेशका ख्यातिप्राप्त आईटी कम्पनीहरूमा कार्यरत छन् ।

 नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिक रूपमा रुपमा प्रदान गराइरहेको छ जसले गर्दा उद्योग र एकेडेमिकबीचको खाडललाई चिर्न सफल भएको छ ।

 अर्को कुरा के छ भने प्रत्येक बर्ष हुने टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर ले पनि महत्वपुर्ण भुमिका खेलेको छ । यो फेयरबाट विद्यार्थिहरु र कर्पोरेट हाउसका विज्ञहरु विच प्रतक्ष सम्वाद तथा जिज्ञासा आदान प्रदान हुने गर्दा विद्यार्थिहरु पढाई संग संगै रोजगारी पनि लान सकेका छन भने शिक्षा हासिल गरेर बसेका विद्यार्थिहरुलाई पनि आवस्यक मात्रामा सहयोग कलेजले गर्दछ । 

                      


अन्तराष्ट्र्रिय बजारमा कस्तो माग छ ?
टेक्सास कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तराष्ट्र्रिय बजारमा पनि प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ ।

 कलेजले व्यवस्थापनमा बजार लक्षित जीवन उपयोगी शिक्षलाई विशेष जोड दिएको छ । बीबीए, एमबीए र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 यहाँ बाट उत्पादित विद्यार्थीहरू नेपालका ख्याति प्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा पनि छन् । विश्व बजारमा चाहिने जनशक्ति उत्पादन भईसकेका छन् ।


योजना के छ ?
यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हुदै आइरहेका छन् । दक्ष, लगनशील तथा अनुभवी व्यक्तित्वहरूको संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन लक्ष्य लिएको छ साथै यस कलेज शैक्षिक कार्यक्रम र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भूमिका खेल्दै आइरहेको छ । 


प्लस टुदेखि मास्टर्ससम्मका व्यावहारिक विद्यालयका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायहरुका विभिन्न तहका कार्यक्रमहरु सञ्चालनमा छन् ।


Thuprai - Books and E-books