सुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालय जोखिमग्रस्त भएको छ ।
विद्यालयको छेवैबाट सडक विस्तारका लागि खोलिएको ट्रयाकबाट निरन्तर पहिरो गइरहेपछि विद्यालय जोखिम ग्रस्त भएको हो ।
बाटो खन्दा विद्यालयको अवस्था ख्याल नगरिएको हुँदा विद्यालय जोखिम ग्रस्त भएको स्थानीयको गुनासो छ ।