जलान सम्मानित

नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापत लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पङ्कज जलानलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ द्वारा सम्मानित गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसका अवसरमा उनलाई सो सम्मान गरिएको हो ।

शिक्षाको क्षेत्रमा कार्यरत लर्ड बुद्ध एजुकेसन फाउन्डेसन विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ गु्रप अफ इन्स्टिच्युटअन्तर्गत लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज, जानकी कलेज फर प्रोफेसनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेसनल स्कुल फर स्किल्स सञ्चालित छन् ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal