CMAT

‘शैक्षिक क्षेत्रमा लगानी बढाउन आवश्यक’: उपसभामुख डा शिवमाया तुम्बाहाम्फे

उर्लाबारी, २६ माघ (रासस) : उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले शैक्षिक क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा उहाँले सामुदायिक विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । उपसभामुख डा तुम्बाहाम्फेले राष्ट्रले शैक्षिक क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक छ भन्नुभयो । 

उहाँले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी भए पनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै उपसभामुख डा तुम्बाहाम्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

Thuprai - Books and E-books