Bachelors Portal

Intra College Print Ad Competition- 2019 सम्पन्न

काठमाडौँ : राजधानी मोडेल कलेज, पुरानो बानेश्वरमा अध्ययनरत विविए छैटौँ सेमेस्टरका विद्यार्थीहरुको मर्केटीङ क्लब  द्वारा आयोजित Intra College Print Ad Competition यहि श्रावण २७ गते सम्पन्न भएको छ । 

प्रतियोगितामा दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरका विद्यार्थीहरु सहभागी थिए । Public Choice, Best Print Award, Best Slogan र Best Design and Layout यी चार विधामा आयोजना गरिएको उक्त प्रतियोगितामा विविए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु Public Choice and Best Print Award द्वारा पुरस्कृत हुँदै उत्कृष्ट Ad को उपाधि हात पार्न सफल भएका छन् भने आठौँ र छैठौँ सेमेस्टरका विद्यार्थीहरु क्रमशः Best Slogan र Best Design and Layout द्वारा पुरस्कृत भएका छन्। कार्यक्रमको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा विजेता विद्यार्थीहरुलाई कार्यक्रमका अतिथीद्वय श्री बिराट श्रेष्ठ र पुष्कर शर्माले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Print Ad Competition को तयारीका लागि विद्यार्थीहरुलाई दुई दिन सम्म प्रशिक्षण दिई विद्यार्थीहरुद्वारा बनाइएको Ad लाई सामाजिक सञ्जाल अन्तर्गत Facebook मार्फत Public View का आधारमा उत्कृष्ट घोषणा गरिएको थियो ।

राजधानी मोडेल कलेज अन्य थुप्रै कलेजहरुको भीडमा विविए अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न लागि परेको Model Business कलेज हो । 

कार्यक्रम समापनका क्रममा कलेजका प्राचार्य श्री के.पी. पन्तले विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याई सक्षम र सिर्जनशील नागरिक बनाउने उद्देश्यका साथ कलेजमा विद्यार्थी रहँदा मात्र नभई कलेज सकेर गएपछि पनि आफ्नो कलेजका उत्पादनलाई विश्व बजारमा स्थापित गर्न र हाम्रा विद्यार्थी सैद्धान्तिक ज्ञानबाट मात्र नभई प्रयोगात्मक ज्ञानबाट पनि विश्वभर चिनिन सफल हुन् भन्ने कलेजको चाहना रहेको बताउनु भयो ।

Thuprai - Books and E-books