After SEE Portal

आन्तरिक मूल्याङ्कन मापदण्ड सार्वजनिक (मापदण्डसहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ ।

सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका सिकाइ समस्या पहिचान गरेर सिकाइमा सुधार ल्याई निरन्तर पृष्ठपोषण प्रदान गर्ने अभिप्रायले यो मापदण्ड सार्वजनिक गरेको हो ।

बाह्य मूल्याङ्कनको मूल आधार आन्तरिक मूल्याङ्कनको नतिजा र बाह्य मूल्याङ्कनको योग भएकाले मापदण्ड सार्वजनिक गरेको हो । विद्यार्थीको सिकाइ उपलब्धि स्तरको अन्तिम मापनका लागि मापदण्ड सार्वजनिक गरेको केन्द्रले जानकारी दियो ।

२५ प्रतिशत अङ्कभार निर्धारण गरिएको आन्तरिक मूल्याङ्कननका लागि मापदण्ड निर्धारण गरेको छ ।

आन्तरिक मूल्याङ्कनमा विद्यार्थीको दैनिक उपस्थिति कक्षाकार्य, व्यक्तिगत तथा समूहकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य जस्ता मूल्याङ्कनका आधारलाई प्रयोग गर्नुपर्ने छ ।

अभिभावक सम्पर्क, घटनावृत्त अभिलेख, विद्युतीय सञ्चार माध्यमबाट उपयुक्त सामग्रीको सङ्कलन र प्रस्तुतीकरण जस्ता माध्यम उपयोग गर्नुपर्छ । यसबाट प्राप्त नतिजालाई अभिलेखीकरण गरी अभिभावसँगसमेत विद्यार्थीका प्रगतिका बारेमा अन्तरक्रिया गरिनुपर्ने मापदण्डमा उल्लेख छ ।

विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२)

 

A Levels MA
Thuprai - Books and E-books