A Levels MA

अक्षराको आस लाग्दो अभ्यास

महिलाले सञ्चालन तथा व्यवस्थापन गरेका सामुदायिक मात्र होइन संस्थागत विद्यालय पनि अभिभावकको रोजाइको पहिलो नम्बरमा पर्न सफल छन् । महिलाले सञ्चालन गरेका संस्थागत विद्यालयले पनि विद्यार्थीको चाप खेप्न नसकेर कोटा निर्धारण गर्नुपरको महिला सञ्चालकहरू बताउँछन् ।

महिलाले नेतृत्व गरेका संस्थागत विद्यालय औँलामा गन्न सकिने भए पनि अभिभावकको पाहिलो रोजाइमा पर्ने गरेका छन् त्यसैको उदाहरण हो मनोहराको अक्षरा स्कुल । यो स्कुलको अक्षरा निर्देशक तथा प्रिन्सिपल हुन् अञ्जु भट्टराई । यो एउटा विद्यार्थीको राम्रँे आर्कषणमा परेको विद्यालय हो । सन् २०११ मा काठमाडौंको कागेश्वरी मनोहरामा स्थापना भएको यो विद्यालयले आए जति विद्यार्थी भर्ना गर्न सकेको छैन ।

अक्षरा स्कूलले विद्यार्थी केन्द्रित शिक्षण विधि अपानाएको छ । विद्यार्थीलाई व्यवहारिक सिप प्रदान गरी सिप युक्त जनशक्ति तयार गर्ने विद्यालयले उद्देश्य लिएको छ । अक्षरामा प्रत्येक विद्यार्थीको व्यक्तिगत भिन्नताहरूको अध्ययन गरी शिक्षण गराउँदै आएको छ । व्यक्तिगत भन्दा समूहकार्यमा विश्वास राख्ने हुँदा समूह शिक्षण गराउँदै आएको छ ।

सन्तुलित शिक्षा प्रणालीबाट मात्र बालबालिकाको समग्र विकास सम्भव छ भन्ने विश्वासका साथ यो विद्यालय सन् २०११ मा स्थापना भएको हो । २३ रोपनी जग्गामा फैलिएको यो विद्यालयमा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ ।

अक्षरा स्कूलले लर्निङ रिइन्फोर्समेन्ट प्र्याक्टिस एप्लिकेसन मोड्युलको प्रयोग गरी शिक्षण गर्दै आएको छ । यो विद्यालयले ब्रिटिश काउन्सिलले प्रदान गर्दै आएको आएसए अवार्ड पाइसकेको छ । अक्षराले सबै कक्षाकोठामा आइसिटीको प्रयोग गरी शिक्षण गर्दै आएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल अञ्जु भटट्राईले बताइन् ।

विद्यालयको सम्पूर्ण वातावरण नै बालमैत्री पूर्ण छ । किन्डरगार्डेन मोडेलमा विद्यार्थीको क्षमतामा निख्खार ल्याउने पद्धति अपनाएको छ । कक्षाघण्टा समय बिताउन नभइ विद्यार्थीको जीवन निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ विद्यालय स्थापना भएको विद्यालयका प्रिन्सिपल अञ्जु भट्टराई बताउँछिन् ।

अक्षरा साना बालबालिकाहरूको शारीरिक, मानसिक र बौद्धिक रूपमा उपयुक्त, र बालमैत्री सिकाइ वातावरणको विकास गर्न प्रतिबद्ध भएको उनको दाबी छ।

अक्षराले सिकाइलाई सुसंगठित गर्दै अभिभावक र विद्यार्थीको रोजाइको केन्द्र बन्न सफल भएको छ । अक्षराको संस्थागत, भौतिक, शैक्षिक, बौद्धिक वा संस्थागत वातावरण अत्याधुनिक छन् । सिकाइमा नवीनत् प्रविधिको प्रयोग गरिएको छ ।

विद्यालयमा सिकाइमैत्री वातावरण । विद्यालय भित्रै परिवारिक माया । सिकाइमा नयाँ आयाम भित्र्याउने । कक्षामा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्दै संस्कारयुक्त शिक्षा प्रदान गर्न सके देशले पनि काँचुली फेर्ने अक्षराको विश्वास छ ।

 फैलदै युरो किड्स

यूरो किड्स् अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने शैक्षिक संस्था हो । यसको स्थापना २००७ मा गरिएको हो । यसको शाखा अहिले टंगाल, हाथिगौडा, सामाखुसी, तीनकुनेमा छ । युरो किड्स स्कुल हाथिगौडामा छ । यूरो किड्सको अभ्यासको अवधारणा प्रोग्रेसिभ छ । लगायतका अन्य महिला नेतृत्वका विद्यालयले आसलाग्दो सुधार गरेको निजी विद्यालय सञ्चालकहरू बताउँछन् ।

 

Thuprai - Books and E-books