Bachelors Portal

पाठयपुस्तक समयमा नै पाउने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन

Managed Admission 2022

राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले समयमा नै हरेक विद्यार्थीले पाठयपुस्तक पाउने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको आज बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको दाबी गरे ।

बैठकमा विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थी समक्ष पुर्याउन माग गरे ।

Select college / campus