After SEE Portal

बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रुपमा पालना गर्ने गराउन निर्देशन दिएको छ ।

केन्द्रले सबै एकाइ तथा स्थानीय तहलाई निर्देशन दिँदै विदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजिनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षक लागि कारबाहीका लागि निर्देशन दिएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नु पर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरित कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानूनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

अख्तियार प्राप्त अधिकारीले समेत नियम विपरित कार्यगर्ने शिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही नगर्ने र कारवाहीको प्रक्रिया सुरु गरेपछि टुङ्गोमा नपुर्याई छाड्ने गरेका कारण विद्यालय र नेपाल सरकारलाई हुने हानी नोक्सानीका लागि सम्बन्धित अधिकारी समेत जिम्मेवार हुने सो निर्देशनमा उल्लेख गरेको छ ।

A Levels MA