After SEE Portal

शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै  शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

 शिक्षक सेवा आयोगको चनं १४८ भदौ १२ को पत्राअनुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउन निर्देशन दिएको हो ।

केन्द्रले एकाइलाई २०८० बैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रुपमा भदौ ३१ गते भित्र पठाउने निर्देशन दिएको छ ।

खुद पुल दरबन्दी रहेका स्थानीय तहहरुको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरुको रिक्त विवरण नपठाउन तथा सो पदमा कुनैपनि व्यहोराले पदपुर्ति नगर्ननगराउन निर्देशन दिइएको केन्द्रका निर्देशक प्रेम भट्टराईले जानकारी दिए ।

निर्देशन पत्रमा केन्द्रले गत वर्षको विज्ञापनबाट पदपूर्ति हुन नसकेका पद संख्या समावेश नगर्न समेत  निदेृशन दिएको छ । मावि तहमा गणित(विज्ञान विषय नहुने भएकाले गणित वा विज्ञान विषयमा अलग अलग विषयगत रिक्त विवरण मात्र माग गर्नुपर्ने भएको छ ।  ऐच्छिक विषयमा विषय स्पष्ट खुलाइ पठाउन केन्द्रले निर्देशन दिएको छ ।

आयोगबाट गरिने विज्ञापनका लागि पठाइएका रिक्त दरबन्दीमा कुनैपनि व्यहोराले स्थायी पदपुर्ति नगर्ननगराउन केन्द्रले शिक्षक सेवा आयोगलाई पनि बोधार्थ पठाएको छ ।

A Levels MA