SEE Result 2082

तीन दिन भित्र चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम छनोट गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालय कसको सञ्चालन गर्ने तीन दिन भित्र छनोट गर्न निर्देशन दिइएको छ ।

चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय वा  सीटीईभीटी मध्ये कसको कार्यक्रम सञ्चालन गर्ने हो  स्पष्ट  निर्णय तीन दिन भित्र आयोगमा पेश  गर्न सबै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाह्रूलाई निर्देशन दिएको हो ।

आयोगले हिजो पत्र पठाउँदै ‘विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थामा सिटिइभिटीका कार्यक्रम सञ्चालन भएका भए यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा सिटिइभिटीमध्ये कसका कार्यक्रम सञ्चालन हुने हो र कुन निकायको कार्यक्रम सञ्चालन नहुने हो सम्बन्धित विश्वविद्यालय वा सीटीईभीटीबाट स्पष्ट रुपमा खुलाएर तीन दिनभित्र पेश गर्न निर्णय भएको छ’  भनेको छ।

आयोग, कार्यकारी समितिको हिजोको बैठकबाट 'शैक्षिक सत्र २०७८–०७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनका लागि चिकित्सा शिक्षा आयोगको  २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं ७ बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयन सम्बन्धमा भएका निर्णयह्रू कार्यान्वयनका लागि आयोगको चनं १२१ मिति २०७७ भदौ ४ को पत्रबाट विश्वविद्यालय तथा प्रतिष्ठानह्रूलाई पत्राचार गरेको थियो । सो निर्णय कार्यान्वयनको चरण बाँकी रहेको आयोगलाई जानकारी प्राप्त भएकाले विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्तर्फका प्रमाण पत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भए कुनै एउटाको मात्र छनोट गर्न निर्देशन दिएको छ ।

यो शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने  हो र कुन निकायको कार्यक्रम सञ्चालन नहुने हो सम्बन्धित विश्वविद्यालय वा परिषद्बाट स्पष्ट रुपमा खुलाएर तीन दिन भित्रमा पेश गर्न विश्वविद्यालय, प्रतिष्ठानह्रू, सम्बन्धित शिक्षण संस्था र परिषद्लाई निर्देशन दिएको हो ।

+2 School
Counseling
Bachelors Portal