After SEE Portal

दिवा खाजा कार्यक्रम कक्षा ६ देखि लागु गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले  कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा  प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले एक सूचना जारी गरी कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

गत आर्थिक वर्ष सम्म बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।यस सम्बन्धी विस्तृत विवरण कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९–८० मा उल्लेख  गरिने सूचनामा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books