After SEE Portal

अनौपचारिक शिक्षाको विवरण जेठ मसान्त सम्म भरी सक्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनौपचारिक शिक्षा तर्फको विवरण जेठ मसान्त सम्म भरी सक्न निर्देशन दिएको छ । शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा नियम अनुसार सबै स्थानीय तहसंग समन्वय गरेर विवरण अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रको कार्यप्रणालीलाई व्यवस्थित, प्रभावकारी र एकीकृत बनाउने उद्धेश्यले आव २०७९–८० बाट सामुदायिक सिकाइ केन्द्रले गरेका कार्यक्रमहरुको आधारमा शैक्षिक सुचना व्यवस्थापन प्रणाली मार्फत अद्यावधिक गर्ने अभ्यासको थालनी गरेको 5।

केन्द्रले सबै स्थानीय तहलाई सामुदायिक सिकाइ केन्द्रको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

आगामी वर्षको बजेट तथा कार्यक्रममा शैक्षिक तथ्याङ्क भरी अनलाइन मार्फत अद्यावधिक भएका सामुदायिक सिकाइ केन्द्रहरुलाई मात्र अनुदान दिने कार्यक्रम भएको हुँदा समयमै उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको हो ।

 

स्थानीय तहले प्रयोग गरेको IEMIS को web Browser बाट user Id र password को प्रयोग गरी login गर्ने । साथै सामुदायिक सिकाइ केन्द्रको code number र password (nepal) बाट पनि login गर्न सकिने ।

२. Dashboard को तलपट्टि रहेको CLC Button click गर्ने । उक्त Button भित्र रहेको Template Download click गर्ने । ३. CLC Agency भित्र तहाँ स्थानीय तहमा रहेको सामुदायिक सिकाइ केन्द्रहरुको नाम नेपाली यूनिकोडवाट टाइप गरी template download गर्ने ।

४. प्रत्येक सामुदायिक सिकाइ केन्द्रहरुको जिल्ला, स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रको आधारमा कोड नं कायम गरिएको छ ।

५. Template download गरिसकेपश्चात offline मार्फत excel sheet मा भए बमोजिमका बिबरणहरु भर्न लगाउने । (सो सम्बन्धमा स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रहरुलाई क्षमता विकासको कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ । ) ६. बिबरणहरु भरीसकेपछि पुनः स्थानीय तह वा सामुदायिक सिकाइ केन्द्रको user Id प्रयोग गरी Dashboard मा रहेको CLC Button click गर्ने ।

७. उक्त Button भित्र रहेको Excel Upload मा गएर CLC ले भरेको excel sheet upload गर्ने ।

८. आवश्यकता अनुसार स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रहरुले Report Card प्रयोग गर्ने ।

बोधार्थः

श्री शिक्षा विकास तथा समन्वय इकाइ: समन्वय र सहजीकरण गर्नुहुन ।

श्री सामुदायिक सिकाइ केन्द्रहरु सबैः स्थानीय तह सँग समन्वय गरी आफ्नो विवरण भरी जेठ मसान्त सम्म upload गरिसक्नुहुन ।

A Levels MA
Thuprai - Books and E-books