A Levels MA

शिक्षक दरबन्दी मिलानका लागि चैत मसान्तभित्र विवरण पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ । 

खुद पुल दरबन्दी कट्टा गर्न बाँकी रहेका स्थानीय तहलाई सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ ।

 खुद पुल रहेको कट्टा गर्नुपर्ने रिक्त दरबन्दी, राहतको विवरण, कटौती हुने खुद पुल दरबन्दी रहेको स्थानीय तहबाट तोकिएको सोही जिल्लाको अर्को दरबन्दी थप हुने स्थानीय तह वा सोही प्रदेशको दरबन्दी थप हुने अर्को जिल्लाको स्थानीय तहमा दरबन्दी थप सहित सरुवा भई जान ईच्छुक शिक्षकको निवेदन माग र संकलन गरी सो सहितको विवरण पठाउन निर्देशन दिएको हो ।

विवरण पठाउँदा समेत खुद पुल दरबन्दी बाँकी रहने भए राहत र दरबन्दीमा अस्थायी रुपमा कार्यरत शिक्षकको अलग अलग कनिष्ठताको सूची तयार गरी पठाउन समेत निर्देशन दिएको छ ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन, कार्यविधि, २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य का लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई निर्देशन दिएको हो ।

शिक्षकको खुद पुल दरबन्दी भएका अधिकांश स्थानीय तहले दरबन्दी मिलानको प्रयोजनार्थ खुद पुल दरबन्दी कट्टा गर्न यस केन्द्रमा समयमै पठाए पनि केही स्थानीय तहले पठाउन बाँकी रहेको केन्द्रले जारी गरेको निर्देशनमा उल्लेख गरेको छ ।

केन्द्रबाट विभिन्न मितिमा जारी भएको पत्रानुसार समयमै कट्टा गर्नुपर्ने रिक्त दरबन्दी नपठाई दरबन्दी मिलान कार्यमा सहजिकरण नगर्ने खुद पुल दरबन्दी रहेका स्थानीय तहमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलब भत्ता निकासा नगरिएको र नगरिने हुँदा शिक्षक दरबन्दी मिलानको कार्य यथाशिघ्र सम्पन्न गर्ने  निर्देश्न दिएको निर्देशनमा उल्लेख गरेको छ  ।

Thuprai - Books and E-books