After SEE Portal

प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई विवरणपेश गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  प्राबिधिक धार (९-१२), खुला विद्यालय र स्रोतकक्षाका विद्यार्थीको विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ ।

शैक्षिक सत्र २०७९ को सबै विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा इन्ट्री गरी अनलाइन मा अपलोड गरिसकेको तर  उक्त  कार्यक्रम सञ्चालन गरिरहेका अधिकांश विद्यालयले अध्ययन गर्ने विद्यार्थी छुट्टिने विवरण पेश नगरेको हुँदा केन्द्रले यस्तो निर्देशन दिएको हो ।

 विवरणकै आधारमा आर्थिक बर्ष २०८०–८१ को बजेट तथा कार्यक्रम तयार गर्ने काम भइरहेको हुँदा अद्यावधिक नगरेका कारण विद्यालयले प्राप्त गर्ने अनुदान वा विद्यार्थीले पाउने सुविधाबाट बञ्चित हुने हुँदा यस्तो निर्देशन दिएको छ ।

 केन्द्रले स्थानीय तहहरूलाई पत्र पठाउँदै विद्यालयहरूको कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

२०८०–८१ को वार्षिक कार्यक्रमका लागि कार्यक्रम तथा बजेट तयारीको क्रममा रहेकोले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयबाट प्रविष्ट भएका विवरण सत्यापन गर्नुपर्ने भएकाले वेबपेजमा राखिएको फाराम गरिदिन र विवरणको प्रिन्टप्रति प्रमाणित गरी केन्द्रको सूचना शाखामा पठाउन निर्देशन दिएको छ ।

यसको सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पनि अनुरोध गरिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books