वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै शिक्षा विकास निर्देशनालय, र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

वैकल्पिक उम्मेदवारको सूची र करार सूचीमा रहेका उम्मेदवारको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्ने, वैकल्पिक उम्मेदवारहरुलाई नियुक्ति दिने सम्बन्धमा शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा आधिकारिक अभिलेखका आधारमा एकीन गरी नियमावलीको सोही नियम बमोजिम हुने गरी तोकिएको प्रक्रिया बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन दिएको हो ।

शिक्षक सेवा आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भएका वैकल्पिक उम्मेदवारहरूको योग्यताक्रमसँगै शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ (१) अनुसार सूचीमा परेका उम्मेदवारहरू र उक्त नियमावलीको नियम २४ (३) अनुसार करार सूचीमा परेका उम्मेदवारहरू, प्रदेशस्थित शिक्षा विकास निर्देशनालयले निम्नमाध्यमिक र माध्यमिक तहको वैकल्पिक उम्मेदवार र करार सूचीको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्न निर्देशन दिएको छ ।

वैकल्पिक उम्मेदवार वा करार सूचीमा रहेका उम्मेदवारको नियुक्ति गर्ने प्रयोजनका लागि माग भई आएमा सो विवरण प्रदेश अन्तर्गतका जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहमा पठाउने, जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राथमिक तहको अभिलेख राख्न निर्देशन दिएको छ ।

वैकल्पिक उम्मेदवारलाई नियुक्ति तथा पदस्थापन गर्दा मुख्य उम्मेदवारको पदस्थापना भइसकेको भए, सोही स्थानमा र पदस्थापना भई नसकेको अवस्थामा स्वीकृत शिक्षक पदस्थापनाका आधार र मार्गदर्शन अनुसार नै पदस्थापना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

शिक्षक सेवा आयोग नियमावली बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गरेको जानकारी शिक्षक सेवा आयोग र माध्यमिक, निम्नमाध्यमिक तहको (वैकल्पिक र करार) नियुक्तिको हकमा प्रदेशस्थित शिक्षा विकास निर्देशनालयलाई समेत अनिवार्य रुपमा दिन निर्देशन दिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal