After SEE Portal

सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन (कार्यक्रम र बजेट सहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७८–७९ मा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न सातै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

केन्द्रले आज एक सूचना जारी गरी आव २०७८–७९ मा प्रदेश तथा स्थानीय तहमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका कार्यक्रम वजेट शिर्षक अनुसारका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

उक्त क्रियाकलापहरु कार्यान्वयन गर्दा अन्य उपक्रियाकलापका लागि वजेट स्वीकृति समावेश भएको र निर्धारित भौतिक लक्ष्य एवम् बजेटको परिधि भित्र रहि कार्यक्रम कार्यान्वयन गर्न सिबै प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको शाखाका शाखा अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

केन्द्रले विद्यालय क्षेत्रविकास कार्यक्रम अन्तर्गत पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय सञ्चालन, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतिक निर्माण, प्राविधिकधार सञ्चालन भएका विद्यालयका लागि कक्षा ११ को स्तारोन्नति र ल्याब सामग्री व्यवस्थापन अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन, सिकाइमा आईसीटीको प्रयोग, शिक्षक दरबन्दी तथा अनुदान शिक्षक नपाएका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्य सम्पादनमा आधारित अनुदान कार्यक्रमको वित्तीय हस्तान्तरण गरेको छ ।

सबैका लागि सिसु विकास कार्यक्रमका विभिन्न कार्यक्रम अन्तर्गत प्रदेश तथम स्थानीय तहमा हस्तान्तरण भएका क्रियाकलाप कार्यान्वयन गर्न निर्देशन दिएको केन्द्रले जानकारी दियो ।

 विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतका हस्तान्तरित कार्यक्रम र बजेट

सबैका लागि शिक्षा सिसु विकास कार्यक्रम अन्तर्गत प्रदेशमा हस्तान्तरण भएका कार्यक्रम र बजेट

सबैका लागि शिक्षा सिसु विकास कार्यक्रम अन्तर्गत स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रम र बजेट

A Levels MA
Thuprai - Books and E-books