प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक प्रशासन शाखाले प्राविधिक परामर्श कार्यका लागि विनियोजित रकम खर्च गर्ने  सबै शिक्षा विकास तथा समन्वय इकाईलाई सूचित गरेको छ।

आर्थिक बर्ष २०७९र०८० बेरुजु फछ्र्यौटका लागि विद्यालय निर्माण कार्यको कार्यसम्पन्न प्रतिबेदन तयारीका लागि प्राविधिक परामर्श सेवा कार्यक्रमका लागि विनियोजित बजेट खर्च गर्न विभिन्न शीर्षकमा फरकफरक कार्य सम्पन्न गर्न अनुरोध गरेको हो।

कार्यसम्पादन प्रतिबेदन सम्पन्न गर्नका लागि सम्बन्धित प्राविधिकले गर्नुपर्ने कार्यहरूमा विभिन्न पाँच बुँदे कार्यसम्पन्न गर्नुपर्ने  सूचनामा उल्लेख छ  छ।

साथै इकाइसँग सम्बन्धित कार्य अन्तर्गत विभिन्न चार बुँदा र कार्यसम्पन्न प्रतिबेदन तयार भइसकेपछि परामर्शदातालाई सम्बन्धित  इकाइबाट गरिने भुक्तानीको प्रक्रिया सम्बन्धमा तीन बुँदे कार्यविधि समेत जारी गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal