CMAT

शिक्षक पदस्थापना गर्न निर्देशन

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।

केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार  माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई नियुक्तिका लागि सम्बन्धित निकायमा  पठाएको हो ।

छनोटमा परेका शिक्षकहरूको विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पद संख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्तिक १८ को  मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सातओटै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत आधार तथा मार्गदर्शनमा तोकिए बमोजिम पठाइएको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देश्क प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको लागि सम्बन्धित निकायमा  विवरण पठाइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
I Tech store