A Levels MA

स्थायी शिक्षक पदस्थापन गर्न निर्देशन (शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शनसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले   प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई नियुक्ति तथा पदस्थापना गर्न  निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै शिक्षक सेवा आयोगको चनं ४५३ को सिफारिस पत्रानुसार उक्त आयोगबाट प्रकाशित प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई पदस्थापना गर्न निर्देशन दिएको हो ।

 सम्बन्धित जिल्लामा जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको पदसंख्या सहितको विवरणका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  कार्तिक १७ को मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा प्रचलित ऐन नियम र स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शनमा तोकिए बमोजिम नियुक्ति तथा पदस्थापना सम्बन्धी कार्य गर्ने गरी पठाएको सूचनामा उल्लेख छ ।

यस्तो छ मन्त्री स्तरीय निर्णयबाट पारित भएको शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन

) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्ने कार्यहरुः

१) प्राथमिक तहको हकमा शिक्षक सेवा आयोगले गरेको जिल्लागत स्थायी नियुक्तिको सिफारिसलाई सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षक पदस्थापनाका आधार तथा मार्गदर्शनसहित पठाउने ।

२) निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा शिक्षक सेवा आयोगले गरेको स्थायी नियुक्तिको प्रदेशगत सिफारिस, पदस्थापनाका आधार, मार्गदर्शन एवम् जिल्लाको बिषयगत पदसंख्या सहितको विवरण प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमा पठाउने ।

ख) प्रदेशस्थित शिक्षा विकास निर्देशनालयले गर्ने कार्यहरुः

(१) शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त जिल्लाको बिषयगत पदसंख्या सहितको विवरण सार्वजनिक गरी निम्न माध्यमिक तथा माध्यमिक तहमा स्थायी नियुक्तिका लागि सिफारिस भएकालाई ७ दिनको समय तोकी जिल्ला रोज्न सूचना जारी गर्ने ।

२) विज्ञापित संख्याको अधिनमा योग्यताक्रम अनुसार रोजाइका आधारमा जिल्लागत विवरण तयार गरी नियुक्तिका लागि रोजाइको म्याद समाप्त मितिले बढिमा ५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने ।

) शिक्षा विकास तथा समन्वय इकाइले गर्ने कार्यहरु:

१) प्राथमिक तहको हकमा:

(क) स्थानीय तहगत रुपमा स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने पदसंख्या सहितको सूची सार्वजनिक गरी सिफारिस भएका शिक्षकहरुलाई योग्यताक्रम समेतलाई ध्यानमा राखी स्थानीय तह रोज्न ७ दिनको समय दिइ सूचना जारी गर्ने ।

(ख) स्थायी नियुक्ति हुन सिफारिस भएकालाई बुदाँ (क) बमोजिमको स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने पदसंख्या भित्रमा योग्यताक्रम अनुसार रोजाइको आधारमा स्थानीय तह अन्तर्गतको विद्यालयका लागि स्थायी नियुक्ति पत्र दिई विद्यालयमा पदस्थापनका लागि रोजाइको म्याद समाप्त मितिले बढिमा ५ दिनभित्रमा सम्बन्धित स्थानीय तहमा पठाउने ।

२) निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा:

(क) स्थानीय तहगत रुपमा स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने विषयगत पदसंख्या सहितको सूची सार्वजनिक गरी प्रदेशस्थित शिक्षा विकास निर्देशनालयलबाट प्राप्त विवरणका अनुसार निम्न माध्यमिक तथा माध्यमिक तहमा स्थायी नियुक्तिका लागि सिफारिस भएकालाई स्थानीय तह रोज्न ७ दिनको समय दिइ सूचना जारी गर्ने ।

(ख) बुँदा (क) बमोजिम रोजाइको आधारमा स्थानीय तहभित्र विषयगत दरबन्दीमा कुनै प्रतिस्पर्धा नहुने अवस्था भएमा स्थानीय तह अन्तर्गतको विद्यालयका लागि स्थायी नियुक्ति पत्र दिई विद्यालयमा पदस्थापनका लागि सम्बन्धित स्थानीय तहमा पठाउने ।

(ग) बुँदा (क) बमोजिमको रोजाइमा प्रतिस्पर्धा रहेमा स्थायी नियुक्ति हुन सिफारिस भएकालाई बुदाँ (क) बमोजिमको स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने विषयगत पदसंख्या भित्रमा योग्यताक्रम अनुसार रोजाइको आधारमा स्थानीय तह अन्तर्गतको विद्यालयका लागि स्थायी नियुक्ति पत्र दिई विद्यालयमा पदस्थापनका लागि सम्बन्धित स्थानीय तहमा पठाउने ।

(घ) बुँदा (क) बमोजिमको रोजाइको म्याद समाप्त मितिले बढिमा ५ दिनभित्रमा स्थायी नियुक्ति पत्र दिई विद्यालयमा पदस्थापनका लागि सम्बन्धित स्थानीय तहमा पठाउने ।

) स्थानीय तहले गर्ने कार्यहरुः

(क) प्राथमिक तहको हकमा स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने पदसंख्या र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा स्थायी शिक्षक पदस्थापन गर्नुपर्ने विषयगत पदसंख्याका आधारमा पदस्थापन गर्नुपर्ने विद्यालयको सूची सार्वजनिक गरी शिक्षा विकास तथा समन्वय इकाइबाट स्थायी नियुक्ति भई आएकालाई सिफारिस योग्यताक्रम समेतलाई ध्यानमा राखी देहाय बमोजिम पदस्थापन गर्ने ।

१. पदस्थापन गर्दा रिक्त दरबन्दीले अपुग भद्द अस्थायी / करारका शिक्षक हदनु पर्ने अवस्थामा सेवाको आधारमा कनिष्ठ अस्थायी शिक्षक हट्ने गरी व्यवस्था मिलाउने ।

२. क र ख श्रेणीको अपाङगता भएका तथा महिलाको हकमा प्राथमिकतामा राखी पदस्थापन गर्ने ।

(ख) शिक्षक पदस्थापनको कार्य ७ दिनभित्रमा पुरा गर्नुपर्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेशस्थित शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाइ तथा स्थानीय तहले माथि उल्लेख भएबमोजिमका पदस्थापनका आधार तथा मार्गदर्शनको प्रतिकूल नहुने गरी थप आधार तयार गरी पदस्थापनाको कार्यको कार्यान्वयन गर्न सक्नेछन् ।

 

Thuprai - Books and E-books