After SEE Portal

राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ, राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चनं ३७० को गत वैशाख ४ गतेको पत्रानुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलको कार्यकारिणीमा रहेको पाइएमा कारबाही गर्न निर्देशन दिएको हो ।

विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी परेको हुँदा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं ०७८ डब्लुओ ०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नगराउन निर्देशन दिएको छ ।

अदालको सो परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदेश समेतको आधारमा पदबाट हटाई सो को जानकारी मन्त्रालयमा गराउने र यस्तै प्रकृतिका थप उजुरी निवेदनको सम्बन्धमा समेत निरन्तर कारबाही गर्ने भनी गत वैशाख चार गते मन्त्रीस्तरीय निर्णय भएको हुनाले सो बमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको छ ।साथै केन्द्रले सबै स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोध समेत गरेको छ ।

 

A Levels MA