शिक्षक सेवा आयोगले आगामी भदौ २३ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा प्रवेश पत्र सुरक्षित राख्न सूचित गरेको छ ।
आयोगले वैशाख ३१ गते प्रकाशन गरेको सूच्ना अनुसार आवेदन दिने परीक्षर्थीलाई प्रवेश पत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न सूचित गरेको हो ।
उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email address र Password बाट Login गरी दरखास्त पेस गरेको विवरणमा click गरी पुनः view मा click गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।
परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र (नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी)अनिवार्य रुपमा साथमा ल्याउन समेत निर्देशन दिएको छ ।