Select college / campus

शिक्षामा नवसिर्जना मेला

Admission edusanjal

अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना  गर्ने भएको छ ।  सो मेला मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने भएको हो ।मेलाले नेपाली शिक्षामा नवीन अभ्यास भित्र्याउन  योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्ने आयोजकले जनाएको छ  ।

विद्यालयको कक्षाकोठा रुपान्तरणका लागि सङ्गीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल  गराइने दूतावासले जनाएको छ ।

Courses edusanjal