Bachelors Portal

सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थीलाई दीक्षित

सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले २४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षान्त समारोहमार्फत् कलेजले ती विद्यार्थीलाई दीक्षित गरेको हो ।

बेलायत स्थित कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजले सन् २०२३ मा कम्प्युटिङ र इथिकलह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेको हो ।

कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिदैं, आइटीको युगमा विद्यार्थीहरूका लागि यो क्षेत्रमा अवसर नै अवसर रहेको बताए ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कलेज प्रमुख पौडेलले भने “अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन् जुन हाम्रो लाग निकै गौरवको कुरा हो । यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थपबलियो बनाएको छ ।

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्स नेपालमा आईटी अध्यापन गराउँदै आएको छ । कलेजले स्नातक, स्नातकोत्तर तहमा आईटी सम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कलेजले पढाउने बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकलह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) इथिकलह्याकिङ एन्ड साइबर सेक्युरिटी, बीएससी (अनर्स) कम्प्युटर साइन्सको साथ एआई लगायतका कार्यक्रम् सञ्चालन गर्दै आएको छ ।

Thuprai - Books and E-books