After SEE Portal

पोखरा विश्वविद्यालयले 'दि जर्नल अफ बिजनेश एण्ड म्यानेजमेन्ट' बिमोचन गर्यो

Bridge Course

२०७६ श्रावण २९ गते बुधबार: पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय स्कूल अफ बिजनेशले “दि जर्नल अफ बिजनेश एण्ड म्यानेजमेन्ट” बिमोचन गरेको छ । 

पोखरा विश्वविद्यालयको स्कूल अफ बिजनेश भवनमा अवस्थित आइएसी सेन्टरमा आयोजित कार्यक्रममा एक समारोहबीच जर्नलको पाँचौ अंक बिमोचन गरिएको हो । 

पोखरा विश्वविद्यालय; त्रिभुवन विश्वविद्यालय; मोहनलाल सुखाडिया युनिमर्सिटी, भारत; भिएतनाम नेशनल युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेश, भिएतनाम; ब्रिटिश युनिभर्सिटी भिएतनामका प्राध्यापक, अनुसन्धानकर्ता, अनुसन्धन विज्ञहरूका सामाजिक, आर्थिक, पर्यटन बिकास, बिकास बैंक, तिबेतियन शरणार्थी व्यवस्थापन, नेपालको स्टक बजार, नेपालका बित्तीय संस्थामा कार्य सन्तुष्टि, भिजुअल टेक्स्टहरूको विश्लेषणमा आधारित ९ वटा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका निमित्त उपकुलपति बुद्धिराज जोशी, निमित्त रजिष्टार डा. अजय थापा, मानविकी संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का लगायत विश्वविद्यालयका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

जर्नल बिमोचन कार्यक्रममा प्रा.डा. यादव शर्मा गौडेलले जर्नलमा प्रकाशित लेखहरूको महत्वका बारेमा बिश्लेषण गर्नुभएको थियो । त्यसैगरी विश्वविद्यालय अनुसन्धान आयोगका अनुसन्धान निर्देशक डा. प्रमोद पौडेलले जर्नलका सबल पक्ष र दुर्बल पक्षका बारेमा टिप्पणी गर्नुभएको थियो। 

कार्यक्रममा स्कूल अफ बिजनेशका सहप्राध्यापक दिपकराज पौडेल तथा उपप्राध्यापक सन्तोष गुरूङ्ले जर्नल प्रकाशनको बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

A Levels MA
Thuprai - Books and E-books