After SEE Portal

पाठ्यपुस्तमा नै गाईलाई गोरु र गोरुलाई गाईको उदाहरणमा प्रयोग

Bridge Course

पाठ्यक्रम विकास केन्द्रको लापरबाहीले गर्दा अहिले विद्यालयमा पुगेका नयाँ पाठ्यपुस्तकमा सामान्यदेखि गम्भीर त्रुटि देखा पर्न थालेका छन् ।

तल्ला कक्षा देखि माथिल्ला कक्षा सम्मका पाठ्यपुस्तकका प्रत्येक पानामा भाषिक अशुद्धता पाँचदेखि १० ओटा देखिनु सामान्य जस्तै भएको छ  विद्यालय तहको पाठ्यपुस्तकमा । सामान्य भाषिक अशुद्धता मात्र होइन गाईलाई गोरु र गोरुलाई गाई भनेर छापिएका पाठ्यपुस्तक समेत अहिले विद्यार्थीको हातमा पुगिसकेका छन् ।

मेघा प्रकाशानले प्रकाशन गरेको कक्षा ४ को जीकेमा यस्तै उदाहरण दिएको पाइएको छ ।

‘मेघाज् बुस्टर नलेज ४’ नाम दिएको सो पुस्तकको पेज नं. ३८ मा लेट् सि जेन्डर अफ एनिमल्स भन्ने शीर्षकमा दिइएको उदाहरणमा गाइको लिंग परिवर्ता गरी गोरु  र गोरुलाई पुलिंगी बनाइ गाइ बनाइएको छ ।

त्यस्तै  कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयमा गलत क्याप्सन छापिएको छ । फेस्टिभल्स एन्ड सेलिब्रेसन्स शीर्षकको दोस्रो पाठमा दुई ओटा तस्बिरका क्याप्सन गलत उल्लेख गरिएको छ ।

मच्छिन्द्रनाथको रथलाई इङ्ग्ल्यान्डको एउटा उत्सव र बिस्का जात्राको रथलाई अमेरिकाको एउटा उत्सवको भनी उल्लेख गरिएको पाइएको छ ।

पाठ्यपुस्तक तयारी समूहमा रहेका निमप्रकाशसिंह राठौरले समयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेको बताए ।

तर पाठ्यपुस्तक प्रकाशनको अनुमतिको जिम्मा लिएको केन्द्रले विगत लामो समयदेखि पकाशन गृहले खेस्रामा अनुमतिका लागि पठाएको पाठ्य सामग्रीलाई राम्ररी सम्पादन नगरी कमिशनका भरमा प्रकाशनको अनुमति तथा अन्तिम स्वीकृति दिँदा विद्यार्थी गलत उदाहरण पढ्न बाध्य भएको अभिभावकहरू बताउँछन् ।

 

 

A Levels MA
Thuprai - Books and E-books