After SEE Portal

गणित विषयमा आयोगले शिक्षक पाएन (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७.२० प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

प्रदेश

माग 

 सहभागी

उत्तीर्ण

नपुग

७६

१४०

२८

४८

मधेश

१७

१५

१३

बागमती

५९

१७७

५४

गण्डकी

५१

१५०

३२

१९

लुम्बिनी

३७

७३

१४

२३

कर्णाली

२९

६१

२१

सुदूरपश्चिम

१६

४५

११

जम्मा

२८५

६६१

१५१

१३४

आयोगले सबै प्रदेश गरी २८५ दरबन्दीका लागि शिक्षक माग गरेकोमा  १५१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् । आयोगले गणितमा १३४ दरबन्दीका लागि खुला तर्फ शिक्षक त अन्तर्वाताका लागि नै छनोट गर्न सकेन ।

प्रकाशित नतिजा अनुसार प्रदेश १ मा समावेशी कोटा सहित ७६ दरबन्दीका लागि १४० परीक्षार्थीले विषयगत परीक्षा दिएका थिए । सो परीक्षामा २८ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४८ जना शिक्षक दरबन्दी खाली नै रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा १७ शिक्षकका लागि माग गरिएको विषयगत परीक्षामा १५ जना मात्र सहभागी भए । सहभागी मध्ये ४ जना मात्र शिक्षक अन्तर्वाताका लागि छनोटमा परेका छन् ।

त्यस्तै बागमती प्रदेशमा ५९ दरबन्दीका लागि १७७ जना परीक्षार्थीले विषयगत लिखित परीक्षा दिएकोमा ५४ जनामात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका लागि  ५१ शिक्षक दरबन्दी माग भएकोमा विषयगत लिखित परीक्षामा  १५० जना सहभागी भए  पनि ३२ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३७ जना दरबन्दीका लागि माग गरिएको भए पनि १४ जना  मात्र उत्तीर्ण भएका छन् । परीक्षामा ७३ जना सहभागी भएका थिए । त्यस्तै  कर्णाली प्रदेशमा २९ रिक्त दरबन्दीको लागि ६१ जनाले परीक्षा दिएका थिए । तर  ८ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशको लागि १६ पदका लागि विज्ञापन भएकोमा पविषयगत लिखित परीक्षामा  ११ जना मात्रै उत्तीर्ण भएका छन् । सो परीक्षामा ४५ जनाले विषगत लिखित परीक्षामा सहभागी भएका थिए ।

आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि चैत १५ गते सामान्यतर्फको र असार  ९ गते विषयगत परीक्षा सञ्चालन गरेको थियो ।  विषयगत लिखित परीक्षामा आयोगले असोज २८ र २९ गते अन्तर्वार्ता गर्ने भएको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books