अन्जु केसी, दिपशिखा आवासीय मावि घोराही दाङ
म विहान साढे पाँच बजे उठ्छु । विहान उठेर एक घण्टा अध्ययन गर्छु । केहि बेर आमालाई काममा सघाउँछु । कहिलेकाँहि टेलिभिजन पनि हेर्छु । कोरोना भाइरसको बारेमा जानकारी लिने गर्छु ।
कोरोना दिनप्रतिदिन बढ्दै गइरहेकाले सरकारले लकडाउन गरेको सन्दर्भमा म सन्तुष्ट छु, आफ्नै लागि त हो भनेर । राती एकछिन समाचार हेरेर साढे ९ बजे सुत्छु ।
लकडाउन नभइदिएको भए र कोरोनाको जोखिम पनि नभइदिएको भए त आनन्द हुने थियो । तर, सरकारले लकडाउन गरेको हाम्रै लागि हो भन्ने महसुस गरेको छु ।
बेला बेलामा कोर्सका कितावहरुपनि पढ्छु । तर, ठ्याक्कै यत्ति गते बाट परीक्षा हुन्छ भन्नेपनि भएन । नत्र त मिहिनेत गरेर ढुक्कसंग पढ्ने पनि हुन्थ्यो ।
बेला बेलामा कोर्सका कितावहरुपनि पढ्छु । तर, ठ्याक्कै यत्ति गते बाट परीक्षा हुन्छ भन्नेपनि भएन । नत्र त मिहिनेत गरेर ढुक्कसंग पढ्ने पनि हुन्थ्यो । यो लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गर्दै आएको छु ।
लकडाउनले गर्दा जताततै अन्योल छ । दिनभरी गर्मी हुन्छ ।