त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सम्वन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्ण रुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा असोज मसान्तसम्म निवेदन दिन सूचना जारी गरेको छ ।
समायोजन हुन चाहने नवीकरण अद्यावधिक भएका क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णयसहित आवेदन दिनु पर्ने छ ।
समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख गरेको छ । समायोजन हुन चाहने क्याम्पसहरूले बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय (सामुदायिक क्याम्पसको हकमा क्याम्पस सभाको निर्णय) सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदसहित आवेदन दिने पर्ने त्रिविका सूचना अधिकारी योगेन्द्रसाद दाहालले जानकारी दिए ।