After SEE Portal

तोकिएको समयमा तालिम नलिए सशर्त लिइएका अध्यापन अनुमति पत्र रद्द हुने

Bridge Course

शिक्षक सेवा आयोगबाट सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) ताकिएको समाय तालिम नलिए स्वतः रद्द हुने आयोगले जनाएको छ । कक्षा ११ र १२ मा शिक्षा बाहेक अन्य विषय पढेका र स्नातकमा पनि शिक्षा बाहेक अन्य विषय पढेर एक वर्से बीएड नगरेकाको  लाइसेन्स रद्द हुने भएको हो ।  शिक्षा बाहेक अन्य संकायबाट स्नातक गरेकाले  तर एक वर्से बीएड गरेको भए त्यसैलाई तालिम मान्ने नियमावलीमा उल्लेख गरिएको छ । 

आयोगले तत्कालीन उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागी सशर्त प्रदान गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) अद्यावधिक गर्न २०८१ चैत्र मसान्त सम्म तालिम लिइसक्नु पर्ने जनाएको हो ।

नेपाली र सामाजिक विषयका अध्यापन अनुमतिपत्रका लागि अनिवार्य तालिम लिइसक्नु पर्ने भएको हो ।

तोकिएको समयावधि भित्र तालिम नलिएमा त्यस्ता अध्यापन अनुमतिपत्र स्वतः खारेज हुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

अन्य विषयका हकमा भने शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (७), (८) र (९) बमोजिम हुने सूचनामा उल्लेख छ ।

तत्कालीन समयमा माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका उम्मेद्वारलाई २०८१ चैत्र मसान्त सम्म तालिम पूरा गर्ने शर्तमा सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयबाट वितरण गरिएको थियो ।

विषयगत अध्यापन अनुमतिपत्र शिक्षा (आठौं संशोधन) ऐन, २०७३ को दफा ३९ को उपदफा (१) बमोजिम ०७६–७७ सालमा प्रकाशित विज्ञापन नम्बर ३५र०७६ अनुसार उत्तीर्ण उम्मेद्वारलाई प्रदान गरिएको थियो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (७) अनुसार तोकिएका विषयहरुमा मात्र २०७६–०७७ सालमा अध्यापन अनुमतिपत्रको विज्ञापन नम्बर ३६–०७६ प्रकाशन गरिएकोमा आवेदकहरुले यस विज्ञापन अन्तरगत आवेदन माग नगरिएका नेपाली र सामाजिक विषयमा पनि आवेदन दिई परीक्षा समेत उत्तीर्ण गरिसकेको र आयोगको २०७७ असार १८ को निर्णय अनुसार सम्बन्धित शिक्षा विकास निर्देशनालयबाट वितरण गरिएको थियो ।  उक्त विषयका अध्यापन अनुमतिपत्र मिति २०७६ असार २ भन्दा पछि तालिम प्राप्त गरेकाहरुको हकमा स्वतः खारेज हुने छन् ।

 २०७८–०७९ सालमा प्रकाशित विज्ञापन नम्बर ३७–०७८ बमोजिम माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अध्यापन अनुमतिपत्र आयोगको निर्णय २०७९ साउन ३ अनुसार वितरण गरिएकोमा नेपाली र सामाजिक विषयसंग सम्बन्धित विषयहरु अध्ययन गरेकाहरुको हकमा भने ूशिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ९ उपनियम १ को खण्ड (ग) बमोजिम शैक्षिक योग्यता र तालिम नलिई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भई प्राविधिक कारणवश अध्यापन अनुमतिपत्र वितरण भएको भए त्यस्ता अध्यापन अनुमतिपत्र स्वतःरद्द हुने सूचनामा उल्लेख गरेको छ ।

२०७८–७९ सालमा प्रकाशित विज्ञापन नम्बर ३८–०७९ बमोजिम निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अध्यापन अनुमतिपत्र आयोगको २०७९ भदौ २९ अनुसार वितरण गरिएकोमा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ९ उपनियम १ को खण्ड (ख) बमोजिमको शैक्षिक योग्यता र तालिम नलिई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भई प्राविधिक कारणवश अध्यापन अनुमतिपत्र वितरण भएको भए त्यस्ता अध्यापन अनुमतिपत्र स्वतःरद्द हुनेछन्।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६ घ को उपनियम (३) अनुसार २०६६–०६७ सालमा प्रकाशित विज्ञापन नम्बर १६–२०६६,१७–२०६६ र १८–२०६६ क्रमशः माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएका उम्मेवारलाई आयोगको २०६७ पुस ३० को निर्णय अनुसार वितरण भएका अध्यापन अनुमतिपत्र सम्बन्धमा २०७५ कार्तिक २२ गते सम्म तालिम प्राप्त नगरेका भए त्यस्ता अध्यापन अनुमतिपत्र स्वतः रद्द हुने र तोकिएको समयभित्र तालिम प्राप्त गरेकाको हकमा २०८० असार मसान्त सम्ममा स्थायीमा रुपान्तरण गरिसक्नु पर्ने सूचनामा भनिएको छ।

A Levels MA
Thuprai - Books and E-books