शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छुः सभामुख

सभामुख देवराज घिमिरेले शिक्षाविधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताएका छन् ।

आयरल्याण्डभ्रमण पछि स्वदेश आउँने क्रममा त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा पत्रकारसंग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । 

“विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,” उनले भने, “विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुन्छ ।”आउरल्याण्का राष्ट्रपति तथा मन्त्रीहरुसंगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए । 

उनले नेपाली विद्यार्थीलाई दिनसक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत  विषयमा पनि छलफल भएको उनको भनाइ थियो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेले जानकारी दिए । 

भ्रमणका क्रममा उनले आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्री, नेपाली समुदायलगायतसंग छलफल र भेटघाट गरेका थिए ।उक्त भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई लगायतको  सहभागिता थियो ।