मानिस एक सचेत प्राणी हो। एक प्राणी भएपछी उसले आफ्नो हरेक जिम्मेवारी अगाल्नु आवश्यकता र दायित्व हो । आफ्ना आवश्यकता र दैनिक जीवनका बाटाहरुलाई सहज, सरल, दिगो, शान्तमय र खुसियाली बनाउनु एक सपना हो । त्यो सपना पुरा गर्नका लागि समय परिवेश, आफ्नो क्षमता, ज्ञान, सिप, उपलब्धिलाई व्यवहारमा ल्याउनु एकपेसा हो । अथवा, आफ्नो दायित्व, आवश्यकता, लक्ष्य उद्देश्यलाई तन, मत, कर्म लगाएर विभिन्न कामहरु गर्नु पेसा हो । जीविकोपार्जन देखि सुखसयल भूमिकाको बन्धनमा बाधिन हरेक किसिमका सेवाहरुमा पेसा अनिवार्य र अपरिहार्य रहेको छ । पेसाको लागि सम्बन्धित ज्ञान, सिप, क्षमता, र सक्षमताको अहम् भूमिका हुने गर्दछ जसले Bottom to Top को क्षेत्र ओगट्ने गर्दछ । शिक्षक, डाक्टर, सिकर्मी, डकर्मी, Carpenter, Engineer, Pilot, Business and Commerce, Tourism आदि पेसाका केहि बाटाहरु छन जहाँ व्यक्तिहरु आफू अनुकूल अनुबन्धित रहेका छन् ।
शिक्षण पेसा
देश विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्नु, अध्यारो छायाबाट उज्यालो ज्योति प्रदान गर्नु, देशप्रेम र राष्ट्रिय भावनामा लोकतान्त्रिक मुल्य, मान्यता, संस्कार विकास गर्नु, वैज्ञानिक, प्रविधिमैत्री, बालमैत्री वातावरणको खोजि, विकास, व्यवस्थापन र प्रयोग गर्नु, Life Skills, Vocational Skills, Soft Sklls इत्यादिको बोध, संरक्षण र संवर्धन गर्नु शिक्षण पेसा हो । सजिलै अर्थमा भन्दा एक शिक्षकको काम शिक्षण गर्नु । गुरु, शिक्षा दिने व्यक्ति, विद्यालयमा अध्यापन गराउने मास्टर वा अध्यापक भनेर चिनिने Person शिक्षक हो । शिक्षक शब्दको शाब्दिक अर्थ भन्दा कमजोरीहरुलाई क्षमायाचना मार्फत सिकारुहरुलाई सिखरमा पुर्याउनु भन्ने बुझिन्छ अथवा, ज्ञानरुपी प्रकाश दिएर अन्धकारलाई हटाउने एक सम्मान शिक्षकलाई जान्छ । प्राचीनकालीन नेपाली शिक्षामा ॠषि, गुरु, पीतृकुल आदि जस्ता नाममा एउटा शिक्षकलाई लिइन्थ्यो ।जहाँ कुनै औपचारिक शिक्षालयहरू स्थापना भएको थिएन, शिष्यहरू आफ्ना गुरुको घरमा गएर शिक्षा आर्जन गर्ने गर्दथे भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । त्यो बेलामा पनि अनौपचारिक तरिकाले शिक्षण कार्य चलिरहेको हुन्थ्यो ।
शिक्षक एक शैक्षिक बाटो हो जहाँबाट उज्याला किरणहरु निस्किन्छन । शिक्षक एक अभिभावको हो जसले ससाना बालबालिकाहरुलाई शैक्षिक जगतमा पालनपोषण गर्यो, पेसातर्फको गन्तब्य देखायो ।शिक्षक एक साथी हो जहाबाट मित्रता गासियो, शिक्षक एक बगैचाको फूल हो जसले यो जगतको लागि सही र गलत बास्ना छुट्याउन सिकायो, सकारात्मक ज्ञानको Concept दियो । मायाको खानी, सहयोगी भावना, सरल स्वभाव, शान्त चरित्र, ईमान्दार, मेहेनत, लगनशीलता,नम्र संस्कारी व्यवहारका स्रोतको भण्डारण भएका व्यक्तिमा शिक्षक बाहेक दोस्रो सेवाप्रबाही यो लोकमा भेटाउन सायद मुस्किलै पर्ला जस्तो लाग्छ । यो मानेमा म शिक्षक भएर होईन, मलाई मेरा शिक्षकहरुले दिनुभएको ज्ञान, संवेग, Motivation, Inspiration, Behaviour, Choice, Voice को अनुभव हो ।
सहयोगी, सदाचारी, शिष्टाचारी, समन्वयकारी ,मिलनसार, समस्या समाधान कर्ता, जान्नेबुझ्ने, व्यक्तिका रुपमा शिक्षकलाई लिईन्छ । शिक्षक स्पष्ट वक्त्ता हो । बकम्फुसे गफ गर्ने धेरै छन यो Materalistic दुनिया Clear र Real व्यक्त्ति बिरलै छन । शिक्षक पुस्तक / पुस्तकालय (Library) हो । विद्यार्थीहरु घुमाई घुमाई दिनदिनै पढ्ने गर्दछन । असल नेतृत्वकर्मी (Leader) जोकि पुरै शैक्षिक जीवनभरी विद्यार्थीहरुलाई नियन्त्रण गर्न तल्लीन देखिरहन्छौ । शिक्षक नियन्त्रणकर्ता (Authoritative) आफ्नो पेसाको नियमानुसार बसी विद्यार्थीको हेरविचार गरी उनीहरुले स्वतन्त्रतापूर्वक गुनासो सोधी आफूमा भएको Doubt लाई हटाउन सक्छन । समग्रमा शिक्षक भनेको : Knowledge Giver, Delegator, Demonstrator, Resource Person, Prompter, Facilitator, Planner, Information Provider, Role Model, Assessor, Organizer, Tutor, Lecturer, आदि रहेका छन् । माथिका भूमिकाबाट शिक्षक एक सर्वश्रेष्ठ पद हो जसले Womb to Tomb सम्मका जन्मजात देखि आर्जित सिकईहरु विद्यार्थीका माझा पुर्याउने गर्दछन ।
समयको परिवर्तन संगै शिक्षकमा पनि परिवर्तन आएको छ । शैक्षणिक क्रियाकलापमा फेरबदल आएको छ । समाज रुपान्तरणको सिमानामा फट्को मारेको छ । तर शिक्षकलाई हेरिने दृष्टिकोणमा कुनै नयाँ परिवर्तन आएको छैन । आजको यो Digital Era मा शिक्षक Innovative, Creative, Transformative हुनुपर्ने ठाउमा हामी पुरानै Lecture शैलीमा छौ, Smart Board वा Projector age मा हुनुपर्ने बेला Chalk and Duster कै परिपाटी छौ अनि कुरा गर्छौ गुणस्तरीय शिक्षाको । शिक्षकहरु सक्रिय हुनुपर्ने बेला कुरा गर्ने शैक्षिक क्रान्तिको र रास्ट्रिय शैक्षिक क्रान्तिको तर व्यवहारमा अर्कै तिर लाग्ने संस्कृतिले आज शिक्षकलाई संघीय सरकारदेखि स्थानीय सरकारले सेवा, सुविधामा पछारिरहेको छ जो सबैलाई विदितै पनि छ । हामी आफ्नो पेसाको सम्मानलाई बिर्सेर अरुको पेसाको सम्मान गर्न जान्दछौ तर किन आफूले आफ्नो पेसालाई सम्मान गर्न सक्दैनौ, जो आज एक समसामयिक छलफलको विषय बनेको छ ।
मेरो अनुभव, म पनि एक सामान्य Middle class परिवारमा जन्मिएको मान्छे, आफ्नो दैनिकीलाई सरल र सहज बनाउनको लागि २०७० साल देखि शिक्षण पेसामा लागेको हुँ । विभिन्न संस्थागत विद्यालय हुँदै सामुदायिक विद्यालयको एक अध्यापक अथवा गुरु बन्ने मौका पाए । केही वर्ष क्याम्पसमा पनि शिक्षण गर्ने बाटो मिल्यो जसले मलाई अब शिक्षक नै बनाउने कर्म दियो र मेरो तन, मनले पनि शिक्षकमै सेवा गर्नुपर्छ भन्ने संवेग दियो त्यसपछि मेरो Sole उद्देश्य पढाउनमै केन्द्रित भयो । म सानो हुँदा जुन सम्मान र संस्कारमा शिक्षकलाई सम्झन्थे त्यो कुरा आज मेरो Illusion बन्यो । विद्यालयलाई दोस्रो घर सम्झने म आज आफै शिक्षक हुँदा एउटा व्यापारिक क्षेत्र जस्तो लाग्दैछ । म खुसीले सम्पेषण गर्ने गर्थे मेरो जीवनको लक्ष्य र उद्देश्य भनेको भविष्यमा एक असल शिक्षक बन्ने । विद्यालयलाई मन्दिर ठानी शिक्षकलाई भगवान सम्झी सबै शास्वत ज्ञान र सिप एकमात्र व्यक्ति शिक्षकबाट सम्भव हुन्छ भनेर । तर आजको परिवेशमा समाजका जान्नेबुझ्ने, शिक्षाका सरोकारवाला संयन्त्रले मैले देखेको शिक्षक पेसा र वास्तविक शिक्षण पेसामा प्रश्न चिन्ह खडा भयो । यसका बाबजुत पनि म खुसी छु एक शिक्षक भएकोमा । म जस्ता हजारौ सहकर्मी साथीहरुले कोरेका शैक्षिक बाटाहरु आज ओझेलमा छन, तन्किनको लागि लम्किने बाटाहरु ब्लक भएका छन, हामीले बनाएका योजनाहरु, नीतिहरु, कार्यक्रमहरु, System हरु एक क्षेत्रमा बास गरिरहेका छन । कारण के होला तपाई हामी सबैलाई थाहा छ ? राजनीतिक हस्तक्षेप, नाताबाद कृपाबाट आदि इत्यादि । यहि हुदाहुदै पनि म आज एक Master (शिक्षक) भएकोमा खुसी प्रदान गर्छन् । किनकि मलाई मेरा विद्यार्थीहरुले दिएका सम्मानका तस्विरहरुमा, मेरा विद्यार्थीहरुले उपमा दिएकोमा मेरो देन छ भनेर उनीहरु पुकार्दै छन । म चाहान्थे मेरो विद्यार्थीहरु अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सकोस आज सपनाहरु पुरा हुदैछन ।
म चाहान्थे मेरा विद्यार्थीहरुले मेरो समाज, रास्ट्रलाई सँरक्षण गरुन त्यो पुरा भएको छ । म चाहान्थे मेरा विद्यार्थीहरुले कला, सस्कृति, भाषा , रहनसहनलाई विकास र प्रयोग गरुन जो एकपछि अर्को चरणमा सफलता हात पार्दैछन त्यसैले म खुसी छु मेरो भविष्यका खम्बाहरुमा । तर आज फरक यति भयो कि पुरातन शिक्षा र आधुनिक शैक्षिक पद्दतिमा जहाँ घोकाई शिक्षाबाट आज Learning by Doing को प्रणालीमा शैक्षिक जगत चलिरहेको छ । आधुनिक सामग्रीको उच्चतम प्रयोग गरी सिकाईलाई दिगो र सकारात्मक व्यवहार आजको आवश्यकता रहेको अवस्थामा हामीहरुले स्थानीय देखि विभिन्न सामग्रीको प्रयोग गर्नु अत्यन्त आवश्यक रहेको छ । समाजको अवस्था, अविभावकको चाहाना र इच्छालाई आत्मसाथ गरि २१ औ शताब्दीको शिक्षामा एकत्रित हुनु हामी युवा शिक्षकको चुनौतीसंगै अवसर पनि रहेको छ ।
अन्तमा, एउटा Educator को रुपमा अडिएका हामीहरुले खोजमुलक, अनुसन्धानमा आधारित, दिगोपना, गुणस्तरीय शिक्षाको प्रत्याभूत गर्नुपर्दछ । केन्द्रीय देखि स्थानीय तह सम्मका निकायहरुले पनि शिक्षकलाई सेवा सुविधामा सन्तुष्टि प्रदान गरि विद्यार्थीको सर्वागिण विकासमा छाप राख्नुपर्ने देखिन्छ । राजनितिरहित विद्यालय बनाउन सबैले आफ्नो पेसालाई सम्मान गर्दै दक्ष, प्रयाप्त ज्ञान र सिप भएको जनशक्ति सबै अविभावक, कर्मचारी, विव्यास, शिक्षक अविभावक संघ, शिक्षक , सरोकारवालाहरुले एकामगना भएर भित्र्याउन अति आवश्यक र अपरिहार्य रहेको छ । शिक्षा क्षेत्रमा नाताबाद, कृपाबाद, आसेपासे, झोला बोक्कड भन्दा पनि सक्षम Man Power गुणस्तरीय शिक्षण गर्न सक्ने व्यक्तिलाई एक संस्थामा भित्राउनु नै एक असल समाजको विकासमा विश्वब्यापिकरण विकास र प्रणालीमा सुधार हुनु हो । ICT मैत्री कक्षाकोठा, बालमैत्री कक्षाकोठा, सुशासन युक्त विद्यालय व्यावस्थापन आदि इत्यादिले एक सस्थालाई नमुना बनाउन सक्नु नै असल प्रसासन, संगठन र व्यावस्थापनको जिम्मेवारी रहेको छ । हाम्रो विद्यालय राम्रो बनाउनका लागि सबैले आ-आफ्नो ठाउबाट सक्रियता देखाउन आवश्यक छ ।
प्रधानाध्यापकले विद्यालय प्रतिको लगनशील, विव्यसको अनुगमन र मूल्यांकन प्रणाली, शिक्षकहरुको चिन्तन र परिश्रम, र विद्यार्थीहरुको अनुशासित व्यवहार भएपछी मात्र शिक्षण पेसा को समुचित विकास गर्न सकिन्छ ।
(dirghabhattarai82@gmail.com " लेखक नन्देश्वरि मा. बि. मेल्लेख -६, अछाममा शिक्षण कार्य गर्नुहुन्छ ")