After SEE Portal

निमाविमा कुन विषयमा कति शिक्षक माग (विज्ञापन सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका ७७७ जना शिक्षक छनोटका लागि आज विज्ञापन गरेको छ ।

आयोगले आजदेखि नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्ब र दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन लिने गरी आवेदन माग गरेको हो ।

आज गरेको विज्ञापनमा नेपाली विषयका लागि ११७, अङ्ग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३, सामाजिकका लागि १२२, गणित–विज्ञानका लागि ६५, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको छ ।

दरखास्त कसरी दिने ?

विज्ञापन भएको पदमा आयोगको आधिकारिक अनलाइन पोर्टल https://online.tsc.gov.np मा गई दरखास्त पेश गर्नुपर्ने छ । दरखास्त पेश गर्ने विधिसम्बन्धी विस्तृत जानकारी आयोगको अनलाइन पोर्टलमा रहेको "प्रयोगकर्ता पुस्तिका" मा Click गरी हेर्न सकिनेछ ।

फाराम भर्ने तथा दरखास्त दस्तुर बुझाउने बैंक र विधि: आयोगको अनलाइन पोर्टलबाट फाराम भरी submit गर्नुपर्नेछ । फाराम submit गर्नुपूर्व आफूले भरेको विवरण छुटेको वा कुनै कागजात समावेश हुन छुट भए नभएको यकिन गर्ने । यकिन गरिसकेपछि " दरखास्त पेस गरेको विवरण" मा Click गर्ने । दरखास्त दस्तुर भुक्तानी भएपछि निवेदकको कुनै पनि विवरण परिवर्तन गर्न नसकिने हुँदा आफ्नो सबै विवरण ठीक भएको यकिन गर्ने । त्यसपछि दस्तुर बुझाउनका लागि “यहाँ क्लिक गर्नुहोस” मा Click गर्ने | बैंक Option मा "राष्ट्रिय बाणिज्य बैंक" वा "नेपाल बैंक लिमिटेड" मध्ये कुनै एक Option छनोट गर्ने । बैंक छनोट पश्चात “भौचर प्राप्त गर्नुहोस" मा Click गर्ने । भौचर जेनरेट भएपछि उक्त भौचर प्रिन्ट गरी तोकिएको समयभित्र सम्बन्धित बैंकमा गई तोकिएको रकम बुझाउनु पर्नेछ । Online payment गर्नेको हकमा भौचर जेनरेट भएपछि त्यसै पेजमा रहेको "अनलाइन भुक्तानी गर्नुहोस" वटनमा Click गर्ने । त्यसपछि online भौचर जेनरेट हुनेछ र रकम भुक्तानी गर्न ConnectIPS, Esewa र Khalti विकल्पहरु आउनेछ । त्यसपछि ConnectIPS, Esewa Khalti मध्ये कुनै एक विकल्प छनोट गरी Click गर्ने । तत्पश्चात "रकम भुक्तानी गर्नुहोस" मा Click गर्ने । त्यसपछि छनोट गरिएको विकल्पमा Username and password राखी Online Payment मा आफ्नो नामसहितको विवरण मिलेमा तोकिएको रकम (तोकिएको मिति बमोजिमको सिङ्गल वा दोब्बर दस्तुर) दाखिला गर्ने । रकम दाखिला भए नभएको यकिन गरी रकम दाखिला ( Payment) को सत्यापन भएपछि मात्र आफ्नो निवेदन दाखिला भयो भनी सुनिश्चित हुने । प्रवेशपत्र हेर्न र प्रिन्ट गर्नका लागि दरखास्त दिने म्याद समाप्त भएपछि आयोगले सूचना प्रकाशन गर्नेछ । यसका लागि आफ्नो इमेल, उम्मेदवार सङ्केत नम्बर र पासवर्ड सुरक्षित साथ राख्नुपर्नेछ ।

दरखास्त दस्तुर बुझाउने अवधि

दरखास्त दिने अन्तिम मिति २०८०/१२/०१ गते राति ११:५९ बजेभित्र राजश्व सूचना प्रणालीबाट सृजित भौचर प्रिन्ट गरी सोको भोलिपल्ट मिति २०८० / १२ /०२ गते बैंकिङ्क कारोवार हुने समयभित्र र दोब्बर दस्तुर तिरी दरखास्त पेस गर्नेको हकमा मिति २०८०/१२/०८ गते राति ११:५९ बजेभित्र राजा सूचना प्रणालीबाट सृजित भौचर प्रिन्ट गरी सोको भोलिपल्ट २०८०/१२/०९ गते बैंकिङ कारोवार हुने समयभित्र भौचरमा उल्लिखित दस्तुर अनिवार्य रूपमा बुझाई सक्नुपर्नेछ । तर उक्त दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बुझाउन सकिनेछ ।

उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता

(क) नेपाली नागरिक ।

(ख) शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम १० बमोजिम अयोग्य नभएको ।

(ग) मान्यता प्राप्त शिक्षण संस्वाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको

परीक्षा (कम्तीमा २०० पूर्णाङ्ग वा ८ केडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको ।

तर कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) या प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिनेछ ।

(घ) सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान मानवशास्त्र, वातावरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, संस्कृति, समाजशास्त्र, जनसङ्ख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरू पर्दछन् ।

(ङ) गणित-विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा २०० २०० पूर्णाङ्ग लिई प्रकरण (ग) बमोजिम योग्यता पुगेको हुनुपर्ने छ ।

(च) निम्नमाध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।

अपलोड गर्नुपर्ने कागजातहरु:-

नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो दस्तखत नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र, तालिमको प्रमाणपत्र, स्थायी अध्यापन अनुमतिपत्र र समकक्षता प्रमाणपत्र (विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेकाको हकमा) Scan गरी अनलाइन दरखास्त पोर्टलले निर्दिष्ट गरेको स्थानमा jpeg lipg format (प्रति इमेज बढीमा 200 KB) मा uplload गर्नुपर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरण र पेश गरिएका कागजातहरुको आधिकारिकता सम्बन्धमा सम्बन्धित उम्मेदवार स्वयम् नै पूर्ण जवाफदेही हुनुपर्ने छ । उल्लिखित विवरण एवम् कागजात झुट्टा ठहरेमा वा तोकिएको कागजात पेश नगरेमा त्यस्तो दरखास्त जुनसुकै समयमा रद्द हुनेछ ।

समावेशीतर्फका उम्मेदवारहरुले पेस गर्नुपर्ने थप कागजातहरु:-

(क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभिवको घर हो भनी प्रमाणित भएको कागजात।

(ख) तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट तराई मधेशमा बसोवास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात र त्यसरी नतोकिएको भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदाय हो भनी प्रमाणित गरेको कागजात।

(ग) दलितका सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगवाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी घर भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको घर हो भनी प्रमाणित भएको कागजात । (घ) अपाङ्गताको हकमा सरोकारवाला निकाय (समाज कल्याण परिषद्, महिला विकास कार्यालय र सम्बन्धित स्थानीय तह बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र ।

(ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्वन्धित स्थानीय तहबाट दरखास्त विदाको बखतसम्म सोही स्थानमा स्थायी वसोवास भएको हो भनी प्रमाणित भएको कागजात ।

 विज्ञापनसम्बन्धी थप जानकारी:-

(क) यस विज्ञापनको प्रतिस्पर्धा र छनोट प्रदेशस्तरमा हुनेछ ।

(ख) लिखित परीक्षा एकै दिन एकै समयमा सबै प्रदेशमा हुने हुँदा कुनै पनि उम्मेदवारले एक प्रदेश र एक विषयमा मात्र दरखास्त फाराम भर्न सक्नेछन् । यदि सो नगरेको कारणले दरखास्त फाराम अस्वीकृत हुन गएमा उम्मेदवार स्वयम् जवाफदेही र जिम्मेवार हुनेछन् ।

(ग) एउटै परीक्षामार्फत खुला र समावेशी समूहहरूको उम्मेदवार छनोट गरिनेछ ।

(घ) "आदिवासी/जनजाति तराई-मधेशमा बसोवास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडावर्ग वा

अल्पसङ्ख्यक मुसलमान समुदाय वा 'दलित समूहबाट उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समुदायको उम्मेदवारको रुपमा मात्र प्रतिस्प्रर्धा गर्न सक्नेछ । तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन । (४) विज्ञापन प्रकाशन भएको मितिले २१ दिनभित्र पद सङ्ख्या थपघट गर्न सम्बन्धित निकायबाट माग भई आएमा र सो पद सङ्ख्याले समावेशी समूहमा असर नपर्ने भएमा मागपद सङ्ख्या थपघट हुन सक्नेछ ।

(च) दोब्बर दस्तुरको समयावधिलाई उमेर, शैक्षिक योग्यता र तालिम प्रयोजनका लागि गणना गरिने छैन । (छ) आयोगद्वारा तोकिएको म्यादभित्र पेस नभएको वा न्यूनतम योग्यता नयुगको वा तोकिएको अन्य विवरण

नखुलेको वा तोकिएको दस्तुर नबुझाएको लगायत रित नपुगेको वा कुनै शर्त राखिएको दरखास्त स्वीकृत गरिने छैन । साथै कुनै उम्मेदवारले झुट्टा विवरण (कागजात पेस गरेको जानकारी हुन आएमा त्यस्तो उम्मेदवारको दरखास्त जुनसुकै बखत रद्द गरी प्रचलित कानूनबमोजिम कारवाही गरिनेछ ।

(ज) अपाङ्गता भएको कारण आफैले लेख्न नसक्ने (दृष्टिविहीन, ग वर्गको न्यून दृष्टि र दुवै हात नचल्ने उम्मेदवारले

सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्यूनतम योग्यताभन्दा कम्तीमा एक तह मूनीको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रूपमा परीक्षामा बस्न उम्मेदवारको स्थायी बसोवास भएको जिल्ला वा परीक्षा केन्द्र रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले अनुमति दिन सक्नेछ । वस्तो सहयोगी लेखकले तोकिएको न्यूनतम योग्यता एक वर्ष अगाडि मात्र उत्तीर्ण गरेको हुनुपर्नेछ ।

(झ) विदेशी शिक्षण संस्थाको शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गराएको हुनुपर्नेछ ।

विज्ञापन हेर्नुहोस्ः

A Levels MA