After SEE Portal

चिकित्सा शिक्षातर्फ वार्षिक क्यालेन्डर कार्यान्वयन कसरी हुन्छ ?

Bridge Course

विगतका वर्षहरुमा आफ्नै तरिकाले परीक्षा हुँदै आएको थियो । फरक फरक समयमा हुने गथ्र्यो । तर अब आयोगले एउटै समयमा परीक्षा लिन्छ । सबैलाई मिल्ने समयमा परीक्षा हुन्छ । हामीले यसको लागि कार्यशालासमेत गरेका थियौँ । कार्यशालामा सरोकारवाला सबैको सहभागिता रहेको थियो ।

विद्यार्थी र इन्स्टिच्युसनहरुलाई पनि यो बेलादेखि कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ भनेर सतर्क बनाउछौँ । ‘माइण्ड मेकअप’ गर्ने वातावरण पनि बन्छ । सबै सरोकारवालालाई कार्यशालामा बोलाएका थियौं । सबै शैक्षिक संस्थाहरुले आगामी दिनमा पालना गर्दै गए र कम्तिमा एउटा निर्देशिका त बन्यो । विश्वविद्यालय लगायत प्रतिष्ठानहरुले वार्षिक कार्यतालिका पालना गर्छन् ।आगामी जेठदेखि एकीकृत प्रवेश परीक्षा हुन्छ । त्यसमा उत्तीर्ण हुने विद्यार्थीहरुले एकै समयमा अध्ययन गर्न पाउँछन् । तयारी गर्ने वातावरण पनि मिल्छ । यसले गर्दा विद्यार्थीहरुलाई समयको व्यवस्थापन पनि हुन्छ । एउटै परीक्षा छुट्टै छुट्टै समयमा हुन्थ्यो ।

जस्तो त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका क्याम्पसहरु, काठमाडौँ विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु, प्रतिष्ठानहरु (विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) को प्रवेश परीक्षा छुट्टा छुट्टै समयमा फरक फरक पाठ्यक्रममा आधारित रहेर हुने गथ्र्यो । अब त्यस्तो हुँदैन । अब एउटै पाठ्यक्रममा आधारित एकीकृत प्रवेश परीक्षा हुनेछ । त्यसबाट सो परीक्षामा उत्तीर्ण विद्यार्थीहरु योग्यतामा आधारित सूची तयार हुन्छ । सोही सूचीमा आधारित रहेर विभिन्न विश्वविद्यालयअन्तर्गतका कलेजहरु र प्रतिष्ठानले विद्यार्थी भर्ना गर्छन् । यसले विद्यार्थीहरुलाई झन्झटिलो हुँदैन । एकै ठाउँमा परीक्षा हुँदा खर्चिलो नहुने भयो ।

 

 

संघरत्न बज्राचार्य, परीक्षा निर्देशनालय निर्देशक, राष्ट्रिय चिकित्सा शिक्षा आयोग

 

A Levels MA