Thuprai - Books and E-books

बालबालिकाको पढाइलाई कसरी सुधार्न सकिन्छ ?

सामान्यतः लिखित सामग्री पढेरबुझ्नुलाई पढाइ भनिन्छ । त्यसैले पढ्नु र बुझ्नु पढाइका अनिवार्य तत्व हुन् । पढ्न त पढ्यो तर बुझ्न चाहिँ बुझेन भने त्यस्तो पढाइलाई पढाइ मान्न सकिँदैन । भाषा शिक्षणमा पढाइले केन्द्रीय महत्वराख्छ । बालकको औपचारिक शिक्षाको सुरुआत नै पढाइबाट हुन्छ । पढाइका लागि लिखित भाषासँग परिचित हुनु पहिलो सर्त हो । लिखित भाषासँग परिचयको थालनी अक्षर चिनारीबाट हुन्छ । यद्यपि अक्षर पढाइको एकाइ होइन । पढाइको न्यूनतम एकाइ शब्द हुन सक्छ । तर यो पनि सिङ्गो एकाइ होइन । अक्षरलाई शब्द, शब्दलाई वाक्य र वाक्यलाई सङ्कथनको तहसम्म पु¥याएपछि मात्र पढाइले सही बाटो पाउँछ । यस कार्यपत्रमा बालकको पढाइको प्रक्रियामा संलग्न रहने अक्षर चिनारीदेखि शब्द, वाक्य, सङ्कथनको पठन, सस्वर पढाइ, पढाइ शिक्षणका केही कमजोरी, पठन र बोधको अभ्यास, पाठ्य सामग्रीको छनोट र अन्य भाषिक सिपसँग पढाइको सम्बन्धबारे छोटो चर्चा चलाउनु सान्दर्भिक ठानिएको छ ।

अक्षर चिनारी पठनको पूर्व तयारी

अक्षर चिनारी पढाइको पूर्व तयारीको चरण हो । नेपालीमा अक्षर चिनारीका लागि परम्परागत देव नागरी वर्णमालामा रहेका वर्णहरु चिनाउने र लेखाउने प्रयास हुन्छ । यीमध्ये धेरै वर्णहरुको उच्चारण र लेखनमा प्रायः समानता भएकाले नेपालीमा अक्षर चिन्न केही सजिलो मानिन्छ । जुन वर्णहरुमा उच्चारण र लेखनमा स्पष्ट रूपमा भिन्नता देखिन्छ, त्यस्ता वर्ण चिनाउन केही कठिनाइ हुन्छ । परम्परागत वर्णमालामा स्वर र व्यञ्जन गरी ३५ वर्णहरुको मात्र उच्चारण र लेखनमा तालमेल देखाउन सकिन्छ । यसमा ६ ओटा स्वर (अ आ इ उ ए ओ ) र २९ ( क ख ग घ ङ च छ ज झ ट ठ ड ढ त थ द ध न प फ ब भ म य र ल व स ह) ओटा व्यञ्जन पर्दछन् । बाँकी ७ ओटा स्वर वर्ण र ७ व्यञ्जन चाहिँ एकभन्दा बढी वर्ण वा दीर्घताको सहयोगले उच्चरित भएका पाइन्छन् । यसरी उच्चारण र लेखनको भिन्नताले पनि अक्षर चिनारीमा केही अलमल र कठिनाइ पर्ने हुन्छ ।

परम्परागत वर्णमाला र अक्षर चिनारीको क्रम

अक्षर चिनारी गराउँदा परम्परागत वर्णमालाकै क्रमबाट सुरु गर्नु पर्ने भन्ने मान्यताको विपक्षमा उभिनु आवश्यक छ । यसो भएमा मात्र बालकको अक्षर चिनारीको क्रम सहज र सुगम हुन्छ । हाम्रो देव नागरी वर्णमालामा क, ख अक्षर चिन्न र लेख्नभन्दा ग अक्षर चिन्न र लेख्न बालकले सजिलो मान्छ । दुइटा ठाडा धर्का र एउटा तेर्सो धर्को तान्ने अभ्यास भएमा ग लेख्न सकिन्छ । ग लेख्न जानेपछि त्यसका आधारमा क्रमशः म, भ, झ लेख्न सहजै सिकिन्छ । यसरी सजिलो हुनुमा पहिलो अक्षरको सिकाइको अनुभवको उपयोग बालकले दोस्रो अक्षरको सिकाइमा गर्न पाउँछ र दोस्रोको अनुभव तेस्रोमा । यसबाट उसले एकातिर सिकाइमाआफ्नो अन्तर्दृष्टिको उपयोग गर्न पाउँछ र अर्कातिर उसले पहिले सिकेको कुराको पुनरावृत्तिको अवसर पनि पाउँछ र क्रमशः केही थप सिक्दै जान पनि पाउँछ । यसलाई चक्रिक सिकाइ पनि भनिन्छ । यसरी बालकको सिकाइ बालककै अनुभवमा अर्थपूर्ण हुन जान्छ । यदि क, ख बाट नै अक्षर चिनारी सुरु गर्ने हठ गरिएमा ऊ उक्त निरर्थक सिकाइ अथवा घोकन्ते प्रक्रियामै अलमलिने हुन्छ । क सिक्नुभन्दा पहिले बालकले व, अनि ख सिक्नुभन्दा पहिले र समेत सिकेमा मात्र क, ख सहजै सिक्न सकिन्छ । यसरी बर्णहरुको आकृति प्रकृति अध्ययन गरेर पहिले आधार अक्षर, अनि मात्र अन्य अक्षर चिनारी र लेखन गराउनु उचित हुन्छ । यसबाट बालकले सजिलो र छिटो सिकेको अनुभव छ । यसरी सबै अक्षर एक पटक चिनाएपछि पुनरावृत्तिको थप अभ्यास चाहिँ वर्णमालाको परम्परागत क्रम अनुसार गराउन सकिन्छ ।

वर्णमाला र वर्णहरुको सही उच्चारण

क० अक्षरको सही उच्चारण गर्न बालकलाई आरम्भमा नै प्रोत्साहित गर्नु पर्छ । यदि बालकलाई य र ल व ष ह क्ष त्र ज्ञ जस्ता वर्णमध्ये य लाई ए, व लाई ओ, ष लाई ख, क्ष लाई छे, ज्ञ लाई ग्येँ जस्तो अमानक खालको उच्चारण गर्न अभिभावक वा शिक्षकले सिकाएका छन् भने त्यसको प्रभाव उसको उच्चारणमा पर्नु स्वाभाविक छ ।

ख० अक्षर चिनारीको अर्को समस्या भनेको शब्दमा आउँदा एउटै वर्ण कतै अजन्त र कतै हलन्त उच्चारण हुनु पनि हो । उदाहरणका लागि कमल र लसुन जस्ता शब्दमा आएको एउटै ल पहिलोमा हलन्त र दोस्रोमा अजन्त उच्चरित हुन्छ । प्रारम्भिक पढाइमा बालकलाई यसले केही अलमल्याउन सक्छ । यस्तो अलमल सस्वर पढाइ सम्बन्धी पर्याप्त अभ्यासपछि क्रमशः कम हुँदै जान्छ । सस्वर पठनले बालकलाई लेख्य भाषासँग निकटता स्थापित गराउन मद्दत गर्ने हुँदा पनि यसबाट उक्त अलमल हट्दै जान सक्छ ।

ग० बालकको पठन क्षमता विकासका लागि अक्षर चिनारी गराउँदा पहिले सग्ला अक्षर, अनि मात्रा सहितका अक्षर र त्यसपछि मात्र संयुक्त (जोडेमोडेका) अक्षरको पालो मिलाउनु पर्छ । यस क्रममा उसको अनुभवको सेरोफेरोका शब्द पढ्न र लेख्न प्रोत्साहित गर्नु पर्छ । साथै उसले आफूले लेखेका शब्द पढेर सुनाउन लगाउनु पनि आवश्यक छ । पाठमा दिइएका शब्द पठन सम्बन्धी यस्ता अभ्यासहरु सचित्र भएमा अझ प्रभावकारी हुन्छ । शब्द पढ्ने क्रममा पनि बालकलाई पहिले सग्ला अक्षरका, अनि मात्रा लागेका र त्यसपछि मात्र संयुक्त अक्षरका पाठहरु क्रमशः प्रस्तुत गरिएमा उनीहरुको पढाइलाई सहजतासाथ अगि बढाउन सकिन्छ ।

शब्द, वाक्य पठन कि सङ्कथन÷पाठ पठन ?

वर्णहरुको अलग अलग चिनारी गराए पनि बालकले तिनको संयोजनलाई शब्दमा, वाक्यमा अझ सङ्कथन ९अनुच्छेद÷पाठ० मा पढ्दा उच्चारणमा केही फरक परेको अनुभव गर्न सक्छन् । पढाइको पहिलो खुट्किलो शब्द पठन हुन सक्छ । यस्तो पठनको उपक्रम आफूले चिनेका दुई वा तिन वर्णहरुको संयोजन भएका शब्दहरुको पठनबाट हुनु उचित हुन्छ । जस्तै

म ग मग

घ र घर

क ल म कलम

मात्रा लागेका वर्णहरुको संयोजन भएका शब्दहरु पनि सुरुमा यस्तै किसिमले पढ्ने अभ्यास गराउनु पर्छ

आ मा आमा

मा ला माला

कि ता ब किताब

तर पढाइको वास्तविक झलक चाहिँ वाक्य पठनमा देख्न सकिन्छ । वाक्यमा खास अवधारणा निहित हुन्छ, शब्दले त्यस्तो प्रतिनिधित्व गर्न सक्दैन । वाक्यमा पुगेपछि गति र यतिको पनि ख्याल गर्नु पर्ने हुन्छ । गति र यतिले वाक्यमा प्रयुक्त शब्दहरुको अर्थपूर्ण एकाइसँग सम्बन्ध राख्छन् । वाक्यहरुमा शब्द पठन र वाक्य पठनको भिन्नता यसरी देखाउन सकिन्छः

शब्द पठनः

राधा, फुलबारीमा, फुल, टिप्दै, छन् ।÷

मेरो, साथीको, घर, गाउँमा छ ।

वाक्य पठनः

राधा, फुलबारीमा, फुल टिप्दै छन् ।

मेरो साथीको घर, गाउँमा छ ।

अक्षरसँग राम्ररी परिचय स्थापित गर्नमा धरमरमा रहेको बालकले त शब्द शब्द अलग अलग नपढेर अझ शब्दभन्दा तल्लो एकाइ प्रत्येक अक्षरलाई अलग अलग पढ्न खोज्छ । त्यसैले अक्षरको उच्चारणबाट शब्दोच्चारणमा र शब्दोच्चारणबाट वाक्यमा उक्लिएपछि मात्र बालकले पढाइको बाटो पहिल्याउन थाल्छ । तर वाक्य पठन पनि पढाइको दोस्रो खुट्किलो मात्र हो । अन्तिम खुट्किलो होइन । किनभने वाक्यहरु सन्दर्भ विहीन भएर पनि प्रयुक्त हुन्छन् । सिङ्गो पाठ वा सङ्कथनमा पुगेपछि मात्र वाकयहरु सन्दर्भपूर्ण हुन्छन् । तसर्थ सङ्कथनमा पुगेपछि मात्र बालकले पढाइको राजमार्गमा भेट्टाउँछ । त्यस स्थितिमा उसले लिखित सङ्कथनलाई मौखिक सङ्कथनसँग जोड्ने अवसर पाउँछ । यसरी अर्थपूर्ण पढाइका लागि शब्दभन्दा वाक्यको एकाइ महत्वपूर्ण हुन्छ । वाक्यको गति यतिलाई ख्याल गरेर पढ्न थालेपछि सोभन्दा माथिल्लो एकाइ वा सङ्कथनको पठनमा पनि बालकले यति गति मिलाएर पढ्न थाल्छ ।,

पढाइको सुरुआत शब्दबाट हुन्छ । यसले बालकको अक्षर पहिचानलाई दृढीकरण गर्न पनि मद्दत मिल्छ । तर अर्थबोधका दृष्टिले यो समग्रता होइन । पठनको समग्रता अंशतः वाक्यले र पूर्णतः चाहिँ सङ्कथनले लिन्छ । यसै अनुरूप पढाइलाई अगाडि बढाउनु पर्छ ।

प्रारम्भिक पढाइः सस्वर

क० अक्षर चिनारीपछि बालकले पढ्ने शब्द, वाक्य र ससाना पाठको पूर्वाभ्यासमा सस्वर पठनको विशेष महत्वरहन्छ । सस्वर पढाइमा उसले आप्mना आँखा, मुख, कान र दिमाग चार ओटै पक्षलाई संलग्न गराएको हुन्छ । लिपिबद्ध कुरो आँखाले हेर्ने, त्यसलाई मुखले उच्चारण गर्ने, उच्चरित आबाज कानले सुन्ने, सो आबाज कानमा गुन्जित हुँदा दिमागमा पनि आबाजको प्रतिध्वनित विम्बले शब्दको अर्थ बुझ्न अझ उसलाई मद्दत मिल्छ । ससाना बालकलाई पढाइमा ध्यान केन्द्रित गर्न चारै पक्षको संलग्नताको विशेष महत्व रहन्छ ।

ख० लिपिबद्ध भाषालाई मौखिक रूप दिन सस्वर पढाइ जरुरी हुन्छ । उच्चारणको संलग्नताले लिपिबद्ध सामग्रीसँग नजिकबाट परिचित हुन बालकलाई सहज हुन्छ । यसबाट एकातिर सुनाइ र बोलाइको अभ्यासमा पनि बल मिल्छ र लेख्य भाषाको कथ्य भाषासँग निकटता स्थापित हुन जान्छ, अर्कातिर लिपिबद्ध भाषाको परिचय सुदृढ हुँदै जान सक्छ । सस्वर पढाइलाई  बुझाइइँग जोड्न चित्र सहितका ससाना शब्द, वाक्य वा त्यस्तै साना पाठ पढ्न दिनु उचित हुन्छ ।

सुरुमा बालकको पढाइमा ध्यान केन्द्रित गर्न पनि सस्वर पठनले मद्दत गर्ने हुन्छ । एउटै पाठलाई एकभन्दा बढी पटक पढ्न लगाउनु पनि आवश्यक हुन्छ । यसले बालकको शब्दोच्चारण क्षमता र गति, यति मिलाई पढ्ने क्षमता बढाउन पनि सहयोग गर्छ । यसका लागि शिक्षकले पहिले सानो पाठको अंश पढेर सुनाइ दिने र विद्यार्थीलाई त्यसको अनुकरण गर्न लगाउने, अनि शिक्षकले विद्यार्थीले पढेको उच्चारण र गति, यतिको ख्याल गर्ने र फेरि पढि दिने र फेरि फेरि अनुकरण गर्न लगाउने गर्नु आवश्यक हुन्छ । यसरी लिखित भाषामा परिचित हुन पनि बालकलाई त्यसको वारंवार पठनको अभ्यास गराउनु पर्ने हुन्छ । यस क्रममा सानातिना र हलुका प्रश्नोत्तर पनि बिच बिचमा हुनु आवश्यक छ ।

पठन शिक्षणका केही कमजोरीहरु

क० विद्यालयमा पढाइले कति महत्वपाउँछ रु शिक्षकले यसलाई कसरी लिन्छन् । उनले पढाइ भनेको बालकको हातमा किताब हुनु र तिनलाई पढ पढ भन्नु मात्रलाई पढाइ मान्दछन् कि रु पुस्तकमा भएका पाठ के कसरी पढ्ने र के कसरी बुभ्mनेबारे पनि अभ्यास गराउँछन् रु यी कुराले पढाइमा शिक्षक के कति गम्भीर छन् भन्ने कुराको जानकारी मिल्छ ।

ख० पढाइको कुरा गर्दा अक्षर चिनारी र अर्थपूर्ण पढाइको सन्दर्भ जोडिनु आवश्यक छ । अक्षर नचिनीकन पनि बालकले कुनै पाठ हल्ली हल्ली पढ्न सक्छ तर त्यस स्थितिमा उसले पढेको त्यो हरफ कहाँ छ रु सोधिएमा ऊ भन्न सक्दैन भने उसले त्यो कुरा सुनेको भरमा दोहोर्याएको हुन सक्छ । यस्तो पढाइमा पढाइ र बुझाइका बिच कुनै तालमेल हुँदैन । त्यसैले यो पढाइ होइन, समयको बरबादी मात्र हुन जान्छ । यस्ता कुरामा शिक्षक चनाखो हुनु पर्छ ।

ग० बालकहरुलाई किताब पल्टाएर पढ पढ मात्र भन्ने शिक्षक पढाइप्रति गम्भीर छैनन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अझ अर्को कुरा शिक्षक किताब पल्टाएर पाठका प्रत्येक वाक्य वा हरफ पढी त्यसलाई अथ्र्याउन खोज्दै छन् भने त्यसबाट पनि बालकहरु पढाइमा कसरी अभ्यस्त हुन सक्छन् भन्नेबारे उनलाई जानकारी नभएको थाहा हुन्छ । कक्षामा प्रयोगमा आउने कथित पढ पढ विधि र अर्थबोध विधि बालकहरुको पढाइ विकासका लागि अवरोधक हुन्छन् । अर्थबोध वा अथ्र्याउने विधि÷व्याख्यान विधिको भाइ हो । व्याख्यान विधिबाट पढाइको विकासको कल्पना गर्नु निरर्थक मात्र होइन, हास्यास्पद पनि छ । पढाइको विकासका लागि त बालकहरुले आफै स्वतन्त्र रूपमा पढ्ने र बुभ्mने अवसर पाउनु पर्छ । त्यस्तो सहज वातावरण बनाउनु र त्यसलाई प्रोत्साहित गरेमा मात्र उनीहरुमा पठनप्रति रुचि बढ्छ ।

पठन बानी बढाउन मौन पठन

मौन पठन भनेको आबाज ननिकाली मनमनै पढ्नु हो । बालकको पठन बानी विस्तार गर्न मौन पठनको अभ्यास गराउनु आवश्यक छ । तर यस्तो अभ्यास तब मात्र सम्भव हुन्छ जब बालकले अक्षर चिनारी र सस्वर पठनमा सामान्य क्षमता प्रदर्शन गरि सकेको हुन्छ । नत्र उसलाई मौन पठनले अलमल्याउन सक्छ र ऊ वारंवार आफूले पढेको ठिक पढियो पढिएन, धरमर भई सस्वर पठनतिर नै लम्किन थाल्छ । यसरी मौन पठनका लागि शब्दोच्चारणको अभ्यास र सस्वर पठनमा केही गति हासिल गरि सकेको र पठनप्रति केही आत्म विश्वास बढाइ सकेको अवस्था हुनु आवश्यक देखिन्छ । सस्वर पठनमा अभ्यस्त नभई मौन पठनतिर फड्कन खोजिएमा अपेक्षित सफलता मिल्न सक्दैन । मौन पठनले बालकको पढाइको क्षेत्र विस्तार गर्न ठुलो सहयोग मिल्छ । ऊ घर, विद्यालय, हाट बजार आदिमा उपलब्ध ससाना जानकारी, सूचना पाटी, पोस्टर आदि पढेर बुझ्न पनि उत्साहित हुन थाल्छ । बाल पत्रिका र बाल साहित्यका पुस्तक पढेरआफ्नो ज्ञान भण्डार विस्तार गर्न उसका लागि मौन पठन अनिवार्य हुन थाल्छ ।

पठन र बोधको अभ्यास

पठन भन्नु नै पढेरबुझ्नु भएकाले पढाइको अभ्यासलाई पनि पढेर बुभ्mने अभ्यास सम्झनु पर्छ । यसका लागि बालकलाई कक्षामा ससाना पाठ वा अनुच्छेद प्रारम्भमा सस्वर पढ्न लगाई विभिन्न खालका छोटा प्रश्न सोधी मौखिक प्रश्नोत्तर गराउनु आवश्यक छ । जस्तै खोलाको छेउमा एउटा कमिलो थियो । कमिलालाई खोलाले बगायो । ढुकुरले खोलामा कमिलो बगेको देख्यो । ढुकुरले छिटै एउटा पात ल्यायो र कमिलो बगेको ठाउँमा खसायो ।

प्रश्नः

खोलाको छेउमा के थियो ? कमिलो कहाँ थियो ? कमिलालाई केले बगायो ? ढुकुरले खोलामा के देख्यो ?

सुरुमा बालकलाई यस्ता प्रश्न सोध्नु पर्छ । यस क्रममा एउटै वाक्यका सूचनाका लागि एकभन्दा बढी प्रश्न गरेर बालकलाई त्यसको विषय वस्तुभित्र प्रवेश गर्न सुगम बनाउन सकिन्छ । त्यसपछि बालकको बोधको स्तर हेरी बिच बिचमा तल दिए जस्ता खालका प्रश्न गर्न सकिन्छन्ः

ढुकुर कहाँ थियो होला ? ढुकुरले पात कहाँबाट ल्यायो होला ? ढुकुरले खोलामा पात किन खसाएको होला ?

यसरी त्यसै पाठांशको सूचनाभित्र रहेर पूर्वानुमानात्मक प्रश्न पनि गर्न सकिन्छ । बालकलाई उपल्लो स्तरको बोधका लागि प्रोत्साहित गर्दै लैजान र सृजनात्मक सुझ विकास गर्न यसो गर्नु आवश्यक छ ।

छोटा मौखिक प्रश्न मात्र नभई अभ्यासहरुमा विविधता ल्याउन विभिन्न वस्तुगत प्रश्न (खाली ठाउँ भर्ने, जोडा मिलाउने, बहु विकल्पी, समूह÷सेट मिलाउने आदि) पनि दिएर अभ्यासलाई आवश्यकता अनुसार रोचक बनाउन सकिन्छ ।

पाठ्य सामग्री छनोट

पठन बानी बढाउन बालकलाई विभिन्न किसिमका पाठहरु पढ्न प्रोत्साहित गर्नु पर्छ । त्यसका लागि पाठहरुको छनोटमा विशेष ख्याल राख्नु आवश्यक छ । पाठको विषय वस्तु रोचक र बाल विकास अनुकूल हुनुका साथै यसको भाषा सरल हुनु उत्तिकै आवश्यक हुन्छ । यसका लागि बालकको उमेर र स्तर अनुसार विषय वस्तु, शब्द भण्डार र वाक्य संरचनाको नियन्त्रणको ख्याल गरिनु पर्छ । कुन कुरा उसको स्तर सुहाउँदा हुन्, कुन कुरा होइनन् यसले बालकका लागि विशेष महत्व राख्छ । विषय वस्तु, शब्द भण्डार र वाक्य संरचनाबाट भारित र जटिल पाठहरु भएमा पढाइको गति अगाडि बढाउन मुस्किल पर्छ । अनि शिक्षक त्यसैलाई बुझाउनतिर अलमलिन्छ र विद्यार्थी पनि अनुभव बाहिरका कुराबाट अन्योलमा पर्छन् । त्यसैले बालकको अनुभवको सेरोफेरोका कुराको विशेष ख्याल गर्नु पर्छ । पठन बानी बढाउन एउटै खालका विधाका पाठभन्दा विभिन्न विधा (कथा, कविता, प्रबन्ध, जीवनी आदि) का पाठको स्वाद दिनु पनि आवश्यक छ ।

पढाइः सुनाइ, बोलाइ र लेखाइको सहयोगी

पढाइले लेख्य भाषासँग बालकलाई परिचित गराउनुका साथै यसका माध्यमबाट भाषाका अन्य सिप विकास गर्न पनि सहयोग गर्छ । यसको अभ्यासबाट बालकले विविध विषय सुन्ने र बुझ्ने अवसर पाउँछ । पढेपछि गरिने प्रश्नोत्तरका माध्यमबाट ऊ बोलाइ र लेखाइको अभ्यासमा संलग्न हुन सक्छ । यसबाट उसलाई उच्चारण क्षमता बढाउन र शब्दहरुको हिज्जे (वर्ण विन्यास) सँग परिचित हुन पनि सघाउ पुग्छ । विभिन्न पाठ पढ्दा उसको शब्द भण्डार बढ्ने हुन्छ । साथै भाषाका विविध वाक्य संरचना र शैलीमा परिचित हुन पनि मद्दत मिलेको हुन्छ । यसरी पढाइलाई भाषा सिकाइको केन्द्रविन्दु मानेर शिक्षकले कक्षाका गतिविधि सञ्चालन गर्न सक्छन् ।

सन्दर्भ सामग्री

अधिकारी, हेमाङ्ग राज, केदार प्रसाद शर्मा (२०६७), प्रारम्भिक नेपाली शिक्षण, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार

शिक्षा विभाग, बहुभाषी शिक्षा कार्यक्रम (२०६६), दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका लागि शिक्षक निर्देशन, सानो ठिमी, भक्तपुर