Bachelors Portal

उत्कृष्ट शिक्षण संस्था, शिक्षक तथा विशिष्ट व्यक्तिलाई सम्मान

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विधामा शैक्षिक संस्था र अन्तर्गतका शिक्षकहरूलाई आज समारोहका विच पुरस्कृत गरेको छ ।

शिक्षा दिवसका अवसरमा आयोजित समारोहमा उत्कृष्ट शिक्षण संस्था, शिक्षक तथा विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो ।

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम पुरस्कृत गरेको हो ।साथै उच्च शिक्षातर्फ नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक प्राप्त गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्राप्त गर्ने महानुभावहरू र राष्ट्रिय शिक्षा दिवस २०७६ एवम् राष्ट्रिय शिक्षा दिवस २०८० मा पुरस्कारको घोषणा भई प्रमाणपत्र र प्रशंसापत्र पाउन बाँकी महानुभावहरूको प्रमाणपत्र प्रशंसापत्रहरू मध्ये विश्वविद्यालय अन्तर्गतका शिक्षक र कर्मचारीहरूको हकमा विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीको हकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र सार्वजनिक तथा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी, विव्यस पदाधिकारी र बालविकास शिक्षकको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत् वितरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८० र राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा घोषणा भएका नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकलगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण भने पछि हुने गरी बताएको छ ।

विश्वविद्यालय अनुदान आयोगले गरेको आयोगले गरेको मूल्यांकनका आधारमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई दुई लाख पचास हजार रुपियाँ, प्रमाणपत्रले सम्मान गरेको छ । सम्मानित हुनेमा आंगिकतर्फ पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेस कास्कीलाई,  सम्बनधन प्राप्त क्याम्पसतर्फ त्रिविको जनभावना क्याम्पस ललितपुर र निजीतर्फ मनमोहन मोमोरियल इन्स्टिच्युटअफ हेल्थ साइन्स काठमाडौलाई पुरस्कृत गरेको छ ।

त्यसैगरी विद्यालयतर्फ सामुदायिकमा दाङको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टर प्रथम, काठमाडौँको विश्वनिकेतन मावि दोस्रो र दाङकै जनकल्याण माविले तेस्रो पुरस्कार प्रदान गरेको छ ।

त्यस्तै निजीतर्फ काठमाडौँको फ्लोरिसेन्ट मावि प्रथम, काठमाडौँकै विजेश्वरी सैनिक माध्यमिक विद्यालय द्वितीय र काठमाडौँकै बूढानीलकण्ठ मावि तृतीय पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र सहित  क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरेको छ ।

सम्पूर्ण क्षेत्रमा पुरस्कृत हुनेको विवरण

 

Thuprai - Books and E-books