लामो समयसम्म राष्ट्रिय पुस्तकालय रहेको भवन भूत बङ्गला बनेको छ ।
२०७२ सालको भूकम्पपछि यो भवन प्राय: प्रयोग सबै विहिन बनेको छ । यस अवधिमा प्रायः सरकारी भवन पुनर्निर्माण गरिए पनि ललितपुरको पुल्चोकस्थित हरिहर भवनको मर्मत वा पुनर्निर्माण कार्य अगाडि बढाइएन।
माहिला गुरु हेमराज शर्माको निवास ढोकाटोलमा भएको पुस्तकालयलाई उनले नेपाल सरकारलाई बिक्री गरेका थिए। सुरुमा सिंहदरवारमा साहियो र राष्ट्रिय पुस्तकालय नामकरण गरिएको थियो ।
२०१३ सालमा सिंहदरबारमा स्थापित यस पुस्तकालयलाई २०१७ सालमा हरिहर भवनमा पुस्तकालय सारिएको थियो ।
२०७२ सालको भूकम्पपछि पुस्तकालय लामो समयदेखि बन्द रह्यो । यसका अधिकांश पुस्तक काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र विद्या भवनको कोठामा सारियो । २०७८ साल माघमा सानोठिमीमा टहरा बनाई यसलाई एक सारियो। पुस्तकालय प्रमुख दशख मिश्र सानोठिमीमा सारिए पनि पाठक सङ्ख्या नघरेको बताउँछन्।
यसबीचमा जमलमा राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्न दुई वर्षअघि डिजाइन तयार हुनुका साथै टेन्डर समेत भएको थियो तर ठेकेदारसँगको मिलेमतोको कुरा बाहिरिएपछि टेण्डर रद्द गरिएको थियो।
चालु आर्थिक वर्ष २०८०/८१ मा पुन: भवन निर्माण गर्न १० करोड रुपियाँ विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत भवन निर्माण गरिने भएको छ ।
हरिहर भवनकोराणाकालका इन्जिनियर कुमारनरसिंह र किशोरनरसिंहले डिजाइन गरेका थिए। चन्द्रशमशोका छोरा शङ्कर शमशेरका लागि यो भवन निर्माण गरिएको थियो । १९८६ सालपछि शङ्काशमशेर यो भवनमा सरेका थिए । २००९ सालमा यो भवन सरकारले लिएको थियो। भवनसमा हरिहरको मूर्ति भएकाले त्यसै नामबाट नामकरण भएको हो।
भृकुटीमण्डपदेखि लाजिम्पाटसम्म पाँच वटा पुस्तकालय हुने भएकाले राष्ट्रिय पुस्तकालयलाई जमलको सट्टा हरिहर भवनमै राख्नु पर्ने माग पनि छ । यसैबीच आज १६ औं पुस्तकालय दिवस मनाइदैछ ।