राउण्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयलाई ६ कोठे भवन हस्तान्तरण गरेको छ । राउण्ड टेबलले एक भवन, एक बहुउदेश्यिय हल र शौचालय भवन निर्माण सम्पन्न गरि हस्तान्तरणको गरेको हो ।
करिव ५ महिना अघिबाट सुरु भएको निर्माण कार्य छोटो अवधिमा नै सम्पन्न गरेर राउण्ड टेबलले आफ्नो अर्ध( वार्षिक बैठकको अवसरमा भवन हस्तान्तरण गरेको जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका अध्यक्ष मार्क जर्मेहसेन, राउण्ड टेबल नेपालका अध्यक्ष नितेश कुमार अग्रवाल, राउण्ड टेबल काठमाण्डौ(१ का अध्यक्ष कन्हैया घिराईया लगायत अन्य राउण्ड टेबलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। साथै संस्थाले विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, पुस्तक, स्टेसनरि तथा खाजा र खाना वितरण गरेको छ।
हाल सुनगाभा बाटिका नेपालमा १५० बालबालिकाले अध्ययन गरिरहेका छन । एकल अभिभावक भएका बालबालिका, श्रमिकहरुको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरुलाई हेरचाह गर्ने उदेश्यले १७ बर्ष अगाडि सुनगाभा बाटिका नेपाल विद्यालयको स्थापना गरिएको थियो ।
यस विद्यालयले बालबालिकाका लागि दिवा हेरचाह केन्द्र, प्रारम्भिक प्राथमिक विद्यालय र दिवा छात्रावसको सेवा प्रदान गर्दै आइरहेको छ। संस्थाले हाल ६ महिना देखि ९ बर्ष भित्रका उमेर समूहका बालबालिकाहरुलाई भर्ना लिई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।
कमजोर पुर्वाधारका कारण बालबालिकाको शिक्षामा मात्रै नभइ स्वास्थ्यमा समेत गम्भिर प्रभाव पर्ने देखिए पछि राउण्ड टेबलले विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग गरेको हो ।
राउण्ड टेबल एक अन्तरराष्ट्रीय संस्था हो जसमा ४० बर्षभन्दा कम उमेरका युवाहरु सङ्गठित भै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दे आइरहेका छन्। नेपालमा ुराउण्ड टेबल नेपालु को नामले सन्चालित यस सस्थाले नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ।
करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस विद्यालयको भवनमा राउण्ड टेबल नेपाल, राउण्ड टेबल अस्ट्रीया, राउण्ड टेबल पेरिस, एनआइएमबि बैङ्क लगायतको संस्थाहरुले आर्थिक सहयोग गरेका हुन् ।